logo

बीरगंजमा निषेधाज्ञाको समय चौथो पटक  थपियो, बजारहरु खुल्ने जनजीवन सहज बन्ने 

      9/10/2020 गते 00 00 मा प्रकाशित     973   पटक पढिएको

४७ दिन देखी जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले केही खुकुलो बनाएको छ ।  यद्धपी भदौ ३१ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञा लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ ।

 

साउन १० बाट लगाएको निषेधाज्ञा यो चौथो पटक लम्ब्याइएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्तामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो समय भदौं २५ गते राति १२ बजेसम्मका लागि लगाएको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौं ३१ गते रातिसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार वीरगञ्ज बजार क्षेत्रका पसलहरु अब शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यसअघि लगाइएको आलोपालोको नियम हटाइएको छ ।

 

त्यसैगरी फलफूल र तरकारी बजारपनि सधै खुल्ने भएका छन् । प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एक तर्फी रूपमा मात्र तरकारी र फलफूल पसलहरु खोल्न पाइने छ । 


पसलमा आउने ग्राहकको समाजिक दुरी कायम राख्ने कुरामा ब्यवसायीले जिम्मेवारी लिनु पर्ने स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । भिडभाड नियँत्रण गर्ने र आवश्यक सर्तकता अपनाउन ब्यवसायीले भूमिका खेलनु पर्ने स्थानीय प्रशासनले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.