logo

पत्रकार बीरेन्द्र साहका हत्यारा पटेल १३ वर्ष पछि पक्राउ

      9/10/2020 गते 00 00 मा प्रकाशित     939   पटक पढिएको

तत्कालीन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा एभिन्यूज टेलीभिजनका बारा सम्वाददाता बीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पटेल १३ वर्ष पछि पक्राउ परेका छन ।

 

बारा प्रहरीले उनलाई कोल्वी नगरपालिकाको सपहीबाट पक्राउ गरेको हो । पटेल लुकीछिपी कोल्वी र निजगढ आपसापको क्षेत्रमा वस्दै आएको विशेष सूचना पाएपछि प्रहरीले पटेललाई पक्राउ गरेको हो ।

 

 कोल्वी नगरपालिकाको वडा नं. ७ सपहीबाट पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।

 

 यसअघि बारा प्रहरीले मनोज गिरी, रामएकवाल सहनी र कुन्दन फौज्दारलाई पक्राउगरी सकेको छ । पत्रकार साहको हत्यामा संमलग्न रहेका अर्का एक दोषी लालबहादुर चौधरी धामी भने अहिलेपनि फरार रहेका छन् ।

 

पक्राउ परेका पटेललाई भोली पिसिआर परिक्षण गराई अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका मध्ये रामएकवाल सहनी र मनेजर गिरीलाइ अदालतले सर्वसहित जन्मकैदको फैसला सुनाएको छ । उनीहरु कारागारमा सजाए काटी रहेका छन् ।

 

तत्कालीन माओवादीले १८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ बर्षका पत्रकार बिरेन्द्र साहको अपहरण गरी हत्या गरेक थिए ।

 

तत्कालीन उम्जन गाविस पिप्रा बसतपुरबाट अपहरणमा परेका पत्रकार विरेन्द्र साहको शव २२ कात्तिकमा तत्कालीन डुमरवाना गाविस ७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.