पछिल्लो चौबिस घण्टामा नेपालमा १४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकाका ५ सहित थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ३ महिला र ११ जना पुरुष छन् ।
मृत्यु हुनेमा काठमाडौँको ७६ वर्षीया, पर्साको ७८ वर्षीया, तनहुँको ७६ वर्षीया महिला, काठमाडौँका ५१ र ५४ वर्षीय ,सुनसरीका ४३ वर्षीय, भक्तपुरका ७२ र ३८ वर्षीय, चितवनका ६१ वर्षीय, स्याङ्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय, कास्कीका ५१ वार्षीय र रुपन्देहीका ६० र ४० वर्षीय पुरषको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २सय १जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप ८ सय ५२ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ ।
तपाईको प्रतिक्रिया