logo

नेपालका बाढी प्रभावित जिल्लाका नागरिकलाई भारत सरकारले उपलब्ध गरायो राहत समाग्री

      9/13/2020 गते 00 00 मा प्रकाशित     781   पटक पढिएको

भारत सरकारले नेपालका ५ जिल्लामा बाढी–पहिरोपीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । राहत सामाग्रीमा  टेन्ट, त्रिपाललगायतका सामाग्री रहेको भारतीय दुतावासले जनाएको छ । 

 


    भारतको सरकारको तर्फबाट राजदूतावासकी नियोग उपप्रमुख नामज्ञ सी खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं सांसद चन्दा चौधरीलाई टेन्ट, त्रिपाललगायतका राहत सामग्री हस्तान्तरण गर्नु भएको हो ।

 


    प्रदेश नं २, ३, ५ र ७ का  महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक, नवलपरासी र कैलालीका बाढी–पहिरोपीडितहरूलाई उपलब्ध गराइएको राहत सामग्री वितरण गरिने बताइएको छ ।  महिला मैत्री समाजले उल्लेखित जिल्लाका स्थानीय सरकारहरुको समन्वयमा राहत सामाग्री पीडितलाई उपलब्ध गराइने बिश्वास दुताबासले गरेको छ ।  

 

  भारत सरकारले नियमित मानवीय सहयोग तथा आपत्कालीन राहत सहायता अन्तर्गत उक्त सामग्री नेपाललाई प्रदान गरिएको भारतीय राजदूतावास काठमाडौंले जनाएको छ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.