कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं १० निवासी ५५ वर्षिय महिलाको मृत्यु भएको छ ।
नाारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा १६ दिन अघि देखी उपचार गराईरहनु भएकी महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताउनु भयो ।
भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको महिलाको आइतबार दिउसो २ . ५५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वारो र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको महिलामा फोक्सो फाइब्रोसिस पनि देखिएको थियो ।
योसंगै पर्सामा कोरोना भाइरसको संक्रमणको कारण ज्यान जानेको संख्या ४३ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक ले जनाएको छ । ।
तपाईको प्रतिक्रिया