logo

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको स्थानीयको आरोप ,अनुसन्धान गरि कारवाही गर्न माँग

      9/14/2020 गते 00 00 मा प्रकाशित     847   पटक पढिएको

वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा  अनियमितता बढेको स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन ।

 

अनियमितता गर्ने कार्यालय प्रमुख डा. रमेश मिश्रलाई आवश्यक छानविन गरि कारवाहीगर्न माँग गर्दै स्थाीयले ज्ञापनपत्र बुझाएका हुन । 


 प्रदेश सरकार प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वाथ्य निर्देशनालय अन्तर्गत रहेको पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख  रमेश मिश्राले कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको र अनियमितता बढेको प्रति  वडाबासीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका हुन ।  

डा. रमेश मिश्रा स्थानीय  भएकै कारण  अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएको आरोप स्थानीयकै छ  ।  अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रक्रिया मिचेर अनियमितता गर्ने गरेको र कार्यालय प्रमुख  आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका स्थानीयको अरोप छ ।

 

कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेका ज्ञापन पत्रमा उल्लेख छ ।  

 


त्यस्तै नियमित उपचारमा आउने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाइ बजेट खर्चिने तथा औषधी वितरण गर्ने गरेका साथै निःशुल्क दिनुपर्ने औषधिहरु स्वास्थ्य केन्द्रमा अहिले छैन भन्दै बाहिर आफ्नो निजि किलिनिकमा किन्न लगाउने र स्वास्थ्य केन्द्रमा भएको औषधी बाहिर लगि विक्री गर्ने गरेका ज्ञापन पत्रमा रहेको छ ।  

 

कार्यालयका कर्मचारीले कार्यालयको उपचार समाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिकमा लगेर प्रयोग गर्ने गर्नुका साथै  कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिप स्थानियले राखेको बतथाएका छन ।

 

स्वास्थ्य केन्द्रमा विगत ६÷७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स९फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचरीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ ।

 


राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा १÷२ दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् । यसका साथै कार्यलयमा अनेकौं नियम बिपरित कामहरु हुदै आई रहेको छ । मिति ६ महिना नबित्दै सुचना निकाली खारेज गरी मनोमानी गरेको स्थनियहरुको ठहर छ । 

स्थानीय युवा नेता उदयनारायण कुशवाहा संयोजकत्वमा ज्ञापन पत्र बुझाउदै उनीहरुले  ।


जिल्ला आयुर्वेद स्वास्थय केन्द्रले अनियमितता बन्द गरी चुस्त दु्रस्त व्यवस्थापकिय सेवा सहित यस कोविड१९ को महामारी एवं विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित विभागले निर्देशन गरे बमोजिमका आयुर्वेद सेवा लगायतका सम्पुर्ण सेवाहरु सहज रुपमा सुचारु गर्न पनि माँग गरेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.