logo

कोरोना संक्रमणका कारण बीरगंजमा  बाराकी ५५ वर्षिया महिलाको मृत्यु

      9/15/2020 गते 00 00 मा प्रकाशित     1380   पटक पढिएको

बीरगंजमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिलाको सोमबार साँझ  मृत्यु भएको छ ।

 

मधुमेह र उच्चरक्तचापको उपचारकालागि सोमवार मात्रै उहाँ बीरगंजको नारायणी अस्पतालमा भर्ना हुनु भएको थियो । ११ बजे अस्पतालमा भर्ना हुनु भएको थियो  उहाँलाई आइसीयुमा राखेर उपचार शुरु गरेका थियो तर साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताउनु भयो ।

 

 उहाँको मृत्युपछि कोरोना भाइरसको संक्रमण गर्न गरिएको गरिएको जिन एक्सपर्ट  परिक्षणमा रिपोर्ट पोजिटिभ आएको डा. चौरसियाले जानकारी दिनु भयो । 

 

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

 

वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन्, दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.