जनकपुरधाम ।प्रधानमन्त्री पुष्पकमल दाहालले धनुषा सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको शनिवार उद्घाटन गरेका छन् ।
सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।
पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर छ । चौडाई एक दशमलव दुई मिटर छ । यो नेपालकै सबैभन्दा लामो झोलुङे पुल हो ।
संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा पुल निर्मँण भएको हो । ठेक्का सम्झौता अवधिभन्दा ६ महिना अगावै निर्माण भएको पुलको भारवहन क्षमता ५ सय ४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।
पुल उदघमटनसंगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिराहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको भएको छ ।
तपाईको प्रतिक्रिया