logo

नेशनल मेडिकल कलेज बीरगंजमा लफडा,अर्बौको सम्पतीमा दाजुभाईको नजर,एकले अर्कालाई गरे निष्कासन

 इसीमाना सम्वाददाता     २०८० फागुन १२ गते ०८: ३९ मा प्रकाशित     4038   पटक पढिएको

वीरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ ।

अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताए ।

मधेस प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेज मधेस प्रदेशका जनताको स्वास्थ्यको भसोराको केन्द्र रहेको तथा सिमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरुको आस्था र भसोरालाई अझ बलियो बनाउन आफु लागिपर्ने उनले बताए ।

उनी कलेजका अध्यक्ष प्रा।डा। जैनुद्दिन अन्सारीका छोरा हुन् । उनको कलेजमा १५ प्रतिशत शेयर छ । कलेजको मुख्य शेयर प्रा।डा। जैनुद्दिन अन्सारीको नाममा छ ।

 

उनीसँग ४५ प्रतिशत कलेजको स्वामित्व रहँदा नुशरत जहान अन्सारीको नाममा १० प्रतिशत, निकहत यासमिनको नाममा १० प्रतिशत, इशर्त जहानको नाममा १० प्रतिशत तथा बसरुद्दिन अन्सारीको नाममा १० प्रतिशत शेयर रहेको कलेजका अध्यक्ष प्रा।डा। अन्सारीले जनाएका छन् ।

कलेजले आन्तरिक ब्यवस्थापन र शेयरधनी स्वमित्वमा गरेको बदलावसंगै सम्पतीको स्वामित्वको बिषयमा दाजुभाईमा रहेको लफडा पनि सार्वजनीक भएको छ ।


बीरगन्जको नेशनल मेडिकल कलेजमा सम्पतिको विवादले सञ्चालक दाजुभाइबीच आन्तरिक द्वन्द्व चर्किएको छ ।

नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दिन अन्सारीले कलेजको कार्यकारी ब्यवस्थापकबाट भाई ९एमडी० नामले परिचित बसरुदिन अन्सारीलाई जिम्मेवारी बिहिन बनाएका छन ।

कलेज स्थापनाकालदेखि प्रबन्ध निर्देशक ९एमडी० भएर काम गर्दै आइरहेका बसरुद्दिन अन्सारीलाई कलेजले यही ११ गते हटाएपछि अझ यो विवाद उग्ररुप लिँदै गएको छ ।

कलेजले प्रवन्ध निर्देशक बाट बसरुदिन अन्सारीलाई हटाएपछि अन्सारीले कलेजको अध्यक्षबाट दाई डा।जैनुदनि अन्सारीलाई बिस्थापित गर्दै समाजिक संजाल मार्फत कलेजको नयाँ अध्यक्ष भएको भन्दै बधाई खाइरहेका छन ।


अध्यक्ष डा। जैनुद्दिन अन्सारीले विज्ञप्ति जारी गर्दै शेयर धनी तथा सञ्चालक समितिबारे प्रष्ट पारेका छन ।


उनले विज्ञप्तिमार्फत भने,‘यो कम्पनीमा मेरो ९० प्रतिशत र भाइ बसरुद्दिन अन्सारीको १० प्रतिशत शेयर थियो । तर ७ महिना अगाडि यसमा केही नयाँ शेयरधनीहरु थपिएका छन्, जसकारण शेयर प्रतिशत बाँडफाँड भएर मेरो शेयर प्रतिशत घटेको छ ।’
उनले जारी गरेको विज्ञप्तिमा नयाँ शेयरधनीहरुमा उनकै छोरा शाहनवाज र छोरीहरु नुसरत जहान अन्सारी,निकहत यासमिन, र इसर्त जहानको नाम रािखएको छ ।

 

छोरा शाहनवाजलाई १५ प्रतिशत र तीनैजना छोरीलाई जनही १० प्रतिशत शेयर दिइएको उल्लेख गरेका छन् । यही विज्ञप्तिमा बसरुद्दिनको नाममा पनि १० प्रतिशत शेयर रहेको उल्लेख गरिएको छ ।


विज्ञप्तिमा नेशनल मेडिक कलेज प्राइभेट लिमिटेडको साधारण सभा– २०८० ले ४ गतेदेखि लागू हुनेगरी कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ ९दोस्रोबमोजिम०तीन सदस्यीय संचालक बोर्ड गठन गरेको उल्लेख छ ।

 

जसको सञ्चालक अध्यक्षमा डा।जैनुद्दिन अन्सारीलाई चयन गरिएको उल्लेख छ भने प्रबन्ध निर्देशकमा छोरा शाहनवाज अन्सारी र सञ्चालकमा छोरी नुशरत जहान अन्सारीलाई चुनिएको जनाइएको छ ।

के हो विवाद चुरो ?


नेशनल मेडिकल कलेज प्रा।लि बीरगन्ज २०५७ साल ३१ भदौंमा दर्ता भइ सन २००१ देखि सञ्चालनमा आयो । सुरुमा बीरगन्जको बाबा होटललाई भाँडामा लिएर सञ्चालन भएको नेशनल मेडिकल कलेजसंग अहिले अर्बौको सम्पति भएको सञ्चालक समितिका एक सदस्य बताउँछन् ।


मेडिकल कलेज सञ्चालनको बखत्त सञ्चालक अध्यक्ष र एमडीबीच ५० प्रतिशत शेयरमा बसेर कारोबार गर्ने सम्झौता भएको निवर्तमान एमडी बसरुद्दिन अन्सारीको दावी छ ।


कलेज ‘सञ्चालन गर्दा हाम्रोबीच आधा–आधामा सञ्चालन गर्ने सहमति थियो, त्यसमा दाइले १० प्रतिशत बढी लिएर सञ्चालन गर्न थाल्नुभयो ।

 

तर अहिले आएर हिसाब माग्दा दाइले शेयर छोराछोरीको नाममा दिएर आफूमाथि बेइमानी गरेको उनको बुझाई छ । उनले संगै बसेर काम गर्ने अवस्था नभएपछि आफूले हिसाब किताव गरेर अलग हुन खोजेको बताए ।


उनका अनुसार काठमाडौंमा सञ्चालनमा रहेको नेपाल मेडिकल कलेज आफूलाई दिएरदिएर हिसाब किताब गर्ने सम्झौता थियो । तर पछि त्यो सम्झौताबाट पनि दाइ पछाडी हटेपछि समस्या आएको उनको भनाई छ ।


बीरगंजमा २८ बिगाह क्षेत्रफलमा फैलिएको मेडिकल कलेजको चर्चे जमिनको मात्र मूल्य ११ अर्व भन्दा बढी पर्छ । त्यसको भौतीक संरचना, काठमाण्डौमा रहेको नेपाल मेडिकल कलेज , घट्टेकुलोमा अस्पताल संचालनकालागि निर्माण भउको आलिशान महल , देशका बिभिन्न ठाउमा खरिद गरिएका बिगौ बिगाह जमिन रहेको छ । यही सम्पतीको बाडफाँडमा देखिएको समस्या नै बिवादको चुरो हो ।


कलेजका अध्यक्ष डा। अन्सारी अडिटर राखेर हिसाव गर्न आफू तयार भएको बताउछन । १० प्रतिशत भन्दा बढी शेयर भएको कागजात देखाए आफू दिन तयार भएको उनले बताए । उनले भाइले बदमासी गर्न थालेपछि हटाउनु परेको संगीन आरोप पनि लगाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.