logo

काठ तस्करको मोटरसाइकल छोडने रंगपुरका रेन्जरको तयारी सुरक्षाकर्मीको मनोबल घटाएको भन्दै स्थानीयको बिरोध 

      9/18/2020 गते 00 00 मा प्रकाशित     790   पटक पढिएको

सबडिभिजन वन कार्यालय रङ्गपुरका रेन्जर कपिलदेव यादवले राष्ट्रीय बनबाट काठ चोरी गर्दा समातिएको मोटरसाइकल छोडने तयारी गरिरहेका छन ।

 

मोटरसाइकल, सेटिङमा छोडन लागिएको स्थानीयको आरोप छ । मोटर साइकल छोडनकालागि गस्तीमा रहेको टोलीले दिएको बस्तुस्थिति मुचुल्कामा परिर्वतन गर्न गस्तीटोलीलाई रेन्जर यादवले दवाव दिएको स्रोतले जनाएको छ ।

 

गस्ती टोलीले, काम गर्न नसक्ने गरि काठको तस्कर समुहको मनोवल बढने गरि मोटरसाइकल छोडनकालागि मुचुल्कामा परिर्वतन गर्न नहुने अडान लिएका छन । 

भदौ ३१ मा सबडिभिजन वन कार्यालय रङ्गपुरको गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिका–४ भतौडाबाट ७ क्युफिट सालको काठ बरामद गरेको थियो।


    सुबेदार प्रदीप तिमल्सिनाको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीले दुईवटा मोटरसाइकलमा लोड गरिएको ७ क्युफिट काठ बरामद गरेको थियो ।


    राष्ट्रिय वनबाट रूख कटान गरी ना.२४प २३५९ र ना.६प ९०४ नं।को मोटरसाइकलमा काठ राखेर तस्करहरूले देवरिया र निचुटा चिरान मिलमा लगिरहेको अवस्थामा वन गस्ती टोलीलाई देखेपछि मोटरसाइकल र काठ छाडेर तस्करहरू फरार भएका थिए ।

 

रेन्जर यादवले होण्डा साइन मोटर साइकल छाडने तयारी गरेको स्थानीयको आरोप छ । रेन्जर यादवले नै होण्डा साइन मोटरसाइकल अन्दाजी १ सय पचास फिट  टाढा थियो भन्दै मोटरपाइकल छोडने आधार बनाएको स्थनीयको आरोप छ ।  

 

कोरोना भाइरसको संक्रमणको कारण बनको दोहन बढेर गएको छ । बनको रक्षाको जिम्मेवारी लिएका बन प्राविधिकहरुले बन जोगाउने भन्दा आफू मोटाउनेमा ध्यान दिने गरेका कारण नेपालको बन तस्करको धन भएको छ ।

 

यस्तो जोखिममा काठको निकासी रोक्न खटिएका बन सुरक्षाकर्मीको मनोवल समेत खस्ने गरि हाकीमहरुले तस्करको चाकरी गरेको देख्दा स्थानीय समेत चिन्तित छन । इसीमाना संग कुरा  गर्दै  रेन्जर यादवले मोटरसाइकल नछोडने र प्रतिवेदन पनि परिर्वतन नहुने बताउनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.