logo

संकटको बेलामा दिनरात नभनी खटने पर्दा पछाडीका हिरोहरुलाई सम्मान गरिनु पर्छः पर्सा प्रहरी प्रमुख पन्त

      9/18/2020 गते 00 00 मा प्रकाशित     792   पटक पढिएको

कोरोना महामारीको बेलामा मानवीयता सहितको उच्च पेशागत नैतीकता प्रर्दशन गर्दै काम गर्ने ब्यक्तिहरुलाई आज एक कार्यक्रमकावीच सम्मान गरिएको छ । 

 


जिल्ला प्रहरी कार्यालय पर्साको प्राङगणमा आयोजना गरिएको सानो तर महत्वूर्ण कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

 

सम्मान पाउनेहरुमा  वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँ, शाखामा कार्यरत अमिन मियाँ, एम्बुलेन्स चालक समशुल मियाँ, रेडक्रसका एम्बुलेन्स चालक मोम्ताज अन्सारी, रमेश पण्डित, राजेशकुमार क्षेत्री, ग्रिन सिटि सामुदायि प्रहरी सेवा केन्द्र विजय यादव, लालबाबु महतोलगायत रहनु भएको छ ।

 

कोरोनाको महामारीमा अग्रपंक्तिामा खटनु भएका ब्यक्तिहरुलाई   ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्हरी कार्यालय पर्साले  सम्मान गरेको हो ।


पर्सा ,कोरोना महामारीले आक्रान्त भएको बेला आफ्नो ज्यानलाई जोखिममा राखेर खटेका सुरक्षाकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स चालक, डोजर चालकलगायतलाई नगद र सम्मान पत्रसहित सम्मानित गरिएको हो।पर्साकी प्रहरी प्रमुख गङ्ग पन्तले सम्मानित सबैलाई नगद र सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो।

 

सम्मान कार्यक्रममा पर्सा प्रहरी प्रमुख पन्तले कोभिड संक्रमणको समयमा पर्दा पछाडीको हिरोहरुलाई सम्मान गर्न पाउँडा खुशी महसुस भएको बताउनु भयो  ।

 

उहाँले कोभिड व्यवस्थापनमा सरसफाई कर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, डोजर चालकहरुले गरेको योगदानको जति सराहना गरेपनि कम हुने  बताउनु भयो ।  संकटको यो बेलामा उहाँहरुले गर्नुृ भएको कामको बयान गरी साध्य नभएको बताउदै उहाँले दिन रात खट्ने  पर्दा पछाडीका वास्तविक हिरोहरुलाई  सम्मान गरिने बताउनु भयो ।

 


ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायत स्थानीय नागरिक समाजका अगुवा, तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.