logo

महानगर प्रमुख बिरुद्ध पर्सा प्रहरीमा जाहेरी दर्ता,प्रहरीले अनुसन्धान गर्ने

 इसीमाना सम्वाददाता     २०८० फागुन २४ गते ०५: ३० मा प्रकाशित     907   पटक पढिएको

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंज महानगरका प्रमुख राजेशमानसिंह बिरुद्ध जाहेरी दर्ता गरेको छ ।

 


झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध परेको जाहेरी प्रहरीले बिहिवार दर्ता गरेको हो।

 

गृहमंत्रालयको नेतृत्व परिर्वतन हुने बितिकै पर्सा प्रहरीले महानगरप्रमुख बिरुद्धको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरूद्ध जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

उनले केही समय पहिला परेको जाहेरी बिहिवार दर्ता गरेको बताए । प्रमुख सिंह बिरुद्ध लियाकत अलीले किर्ते सम्बन्धमा
जाहेरी दिएको डिएसपी थापाले बताए।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कात्तिक २० गते जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो।

 

जिल्ला प्रशासनको अभिलेखमा २०७५ साउन १३ गते नागरिकता लिएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिन्छ। प्रहरीले यस सँम्बन्धमा अव अनुसन्धान गर्ने जनाएको छ ।

 

मुलुकी अपराध सहिता २०७४ ले सकैले किर्ते गर्न नहुने भन्दै लिखत किर्ते सम्बन्धमा परिभाषा गरेको छ । कसुर प्रमाणीत भएमा संहिताको दफा २७६ को उपदफा (३) को (ग) ले  सात वर्ष कैद र सत्तरी हजार रुपैया जरिवाना हुने ब्यवस्था गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.