logo

बटेश्वरको सन्देश,नेता र ठेकेदार बाई बाई ,बिकास निर्माणकालागि उपभोक्ताले गरे अगुवाई

 इसीमाना सम्वाददाता     २०८० फागुन २७ गते ०५: १८ मा प्रकाशित     574   पटक पढिएको

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको वडा नं ३ मा जनसहभागितामा उपभोक्ता समिति निर्माण भएको छ ।

 

अहिले जताततै नेताका आसोपासे र ठेकेदार राखेर उपभोक्ता समिति गठन हुदै आएकोमा बटेश्वरको सरस्वतीचोकमा भने जनताको सहभागिता उपभोक्ता निर्माण समिति बनेको हो ।

चालु आर्थिक वर्ष २०८०।०८१ मा भौतिक पुर्वाधार बिकास मंत्रालयको स्विकृत योजना अन्तर्गत वडा नं. ३ को सरस्वती चौकदेखि भगवती मन्दीरसम्म सडक स्तरोन्नती कार्य र अशोक चौक देखि जनशक्ति माध्यमिक विद्यालयसम्म पिसीसी सडक ढलान गर्नु पर्ने छ । यी दुई छुट्टा छुट्टै योजनामा ३० लाख बजेट छ ।

 

वडाअध्यक्ष राममणि कुशवाहाको अध्यक्षता तथा मधेश प्रदेशका सभामुखका स्वकीय सचिव धिरेन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको जनभेलाले उपभोक्ता समिति निर्माण गरेको हो ।

 

स्थानीय जनचेतना युवाक्लवले जनप्रतिनिधिसहित गाउँलेको भेला डाकेको थियो । उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ बमोजिम स्थानीय राजिवकुमार साहको अध्यक्षतामा जनचेतना उपभोक्ता समिति र दिपेन्द्र कुमार महतोको अध्यक्षतामा जनशक्ति उपभोक्ता समिति गठन गरेको हो ।

स्थानीय जनशक्ति तथा साधनश्रोतको समुचित प्रयोग गरी गुणस्तरीय निर्माण काम उपभोक्ता समितिबाट गर्नुपर्ने कानुनी व्यवस्था छ ।


तर, राजनीतिक दल तथा जनप्रतिनिधिले नेता नेताकार्यकर्ता पाल्न गोप्य रुपमै उपभोक्ता समिति गठन गरी काम गर्ने प्रवृति बढिरहेको बेला बटेश्वरमा भने कानूनी प्रवन्ध अनुरुप उपभोक्ता समिति गठन भएको छ ।

 

उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ ले निर्दिष्ट प्रक्रिया अनुसार स्थानीय जनशक्तिको श्रमदानसंगै साधन श्रोतकै प्रयोग गरी गुणस्तरीय विकास निर्माण काम गर्ने र हरहिसाब एकएक गरी पारदर्शी गर्ने दुबै समितिका अध्यक्षले प्रतिवद्धता जनाएका छन । ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.