logo

बटेश्वरको सन्देश,नेता र ठेकेदार बाई बाई ,बिकास निर्माणकालागि उपभोक्ताले गरे अगुवाई

 इसीमाना सम्वाददाता     २०८० फागुन २७ गते ०५: १८ मा प्रकाशित     435   पटक पढिएको

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको वडा नं ३ मा जनसहभागितामा उपभोक्ता समिति निर्माण भएको छ ।

 

अहिले जताततै नेताका आसोपासे र ठेकेदार राखेर उपभोक्ता समिति गठन हुदै आएकोमा बटेश्वरको सरस्वतीचोकमा भने जनताको सहभागिता उपभोक्ता निर्माण समिति बनेको हो ।

चालु आर्थिक वर्ष २०८०।०८१ मा भौतिक पुर्वाधार बिकास मंत्रालयको स्विकृत योजना अन्तर्गत वडा नं. ३ को सरस्वती चौकदेखि भगवती मन्दीरसम्म सडक स्तरोन्नती कार्य र अशोक चौक देखि जनशक्ति माध्यमिक विद्यालयसम्म पिसीसी सडक ढलान गर्नु पर्ने छ । यी दुई छुट्टा छुट्टै योजनामा ३० लाख बजेट छ ।

 

वडाअध्यक्ष राममणि कुशवाहाको अध्यक्षता तथा मधेश प्रदेशका सभामुखका स्वकीय सचिव धिरेन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको जनभेलाले उपभोक्ता समिति निर्माण गरेको हो ।

 

स्थानीय जनचेतना युवाक्लवले जनप्रतिनिधिसहित गाउँलेको भेला डाकेको थियो । उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ बमोजिम स्थानीय राजिवकुमार साहको अध्यक्षतामा जनचेतना उपभोक्ता समिति र दिपेन्द्र कुमार महतोको अध्यक्षतामा जनशक्ति उपभोक्ता समिति गठन गरेको हो ।

स्थानीय जनशक्ति तथा साधनश्रोतको समुचित प्रयोग गरी गुणस्तरीय निर्माण काम उपभोक्ता समितिबाट गर्नुपर्ने कानुनी व्यवस्था छ ।


तर, राजनीतिक दल तथा जनप्रतिनिधिले नेता नेताकार्यकर्ता पाल्न गोप्य रुपमै उपभोक्ता समिति गठन गरी काम गर्ने प्रवृति बढिरहेको बेला बटेश्वरमा भने कानूनी प्रवन्ध अनुरुप उपभोक्ता समिति गठन भएको छ ।

 

उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ ले निर्दिष्ट प्रक्रिया अनुसार स्थानीय जनशक्तिको श्रमदानसंगै साधन श्रोतकै प्रयोग गरी गुणस्तरीय विकास निर्माण काम गर्ने र हरहिसाब एकएक गरी पारदर्शी गर्ने दुबै समितिका अध्यक्षले प्रतिवद्धता जनाएका छन । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.