logo

गौरहत्याकाण्ड पीडितको पुकार उपेन्द्र यादवलाई बर्खास्त गर सरकार

 इसीमाना सम्वाददाता     २०८० फागुन २७ गते ०६: ४५ मा प्रकाशित     379   पटक पढिएको

गौर । जनता समाजवादी पार्टीका सुप्रिमो उपेन्द्र यादवले उप्रधान तथा स्वास्थ्यमंत्रीको जिम्मेवारी पाएकोमा गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गम्भीर आपत्ती जनाएको छ ।


गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले आईतवार एक विज्ञप्ती जारी गरेर गौर हत्याकाण्डका मुख्य अभियुक्त उपेन्द्र यादवलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सरकारमा उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

 


सरकारले पीडित परिवारसंग गौर हत्याकाण्डका अभियुक्तहरुलाई कारवाही गर्ने भन्दै लिखित सम्झौता गरेको छ । सरकारले सम्झौता बिपरित यादवलाई उपप्रधानमत्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानुनी शासनको उपहासपूर्ण रहेको समितिले जनाएको छ ।


यादव मंत्री हुदा पीडित परिवार झन पीडिामा परेको भन्दै उनलाई तत्काल पदबाट बर्खास्त गरेर कानूनी कारवाहीका गर्न माँग गरेको छ। समितिले आफनो कुरा सुनवाई नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.