logo

सिक्री दाइजो नपाएको बिषयमा प्रहरी अनुसन्धान गर्दै , बेहुला सहित पाँच जना प्रहरी हिरासतमा

 इसीमाना सम्वाददाता     २०८० फागुन २९ गते ०९: २० मा प्रकाशित     590   पटक पढिएको

बीरगंज। बीरगंजमा सुनको सिक्री नपाएका कारण उत्पन्न बिवादका कारण बिवाह रद्ध गर्ने बेहुला प्रहरीको हिरासतमा छन ।

वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँच जना लाई प्रहरीले हिरासतमा राखेको छ । विवाह सम्बन्धि कसुरमा पाँच जनालाई दुई दिनको न्यायीक हिरासतमा लिएर पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


तर जन्तीमा सहभागी कलैया उपमहानगरपालिका वडा नं ४का पूर्व वडाध्यक्ष बेहुलाका छिमेकी जटाशंकर सहनीले दाइजो मागेको सिक्री नभएर बिवाह नभएको भन्ने कुरामा सत्यता नभएको बताए ।

उनले १ वर्ष अघि टिकाटालो भएको र बेहुला र बेहुली पूर्व परिचित रहेको बताए । उनले केटा र केटीले नै मन पराएर बिवाह हुन लागेकोले दाइजोको कुरा गलत भएको बताए ।

जन्ती बेहुलीको घरमा गएपछि लेन देनको ब्यवहारिक कुरामा बेहुलाको सहभागिता नहुने उनले बताए । उनले बेहुलीको मामाको बैयक्तिक अडान र ब्यवहारका कारण समस्या आएको समेत बताए ।

 

तर बेहुलीका बुवा सुखल साहले ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको बताए

बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनामाथि जिल्ला अदालत पर्साबाट दुईदिन हिरासतमा राख्ने अनुमती पर्सा प्रहरीले लिएको छ ।

पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई दुईदिन हिरासतमा राख्ने म्याद थप भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.