logo

सिक्री दाइजो नपाएको बिषयमा प्रहरी अनुसन्धान गर्दै , बेहुला सहित पाँच जना प्रहरी हिरासतमा

 इसीमाना सम्वाददाता     २०८० फागुन २९ गते ०९: २० मा प्रकाशित     333   पटक पढिएको

बीरगंज। बीरगंजमा सुनको सिक्री नपाएका कारण उत्पन्न बिवादका कारण बिवाह रद्ध गर्ने बेहुला प्रहरीको हिरासतमा छन ।

वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँच जना लाई प्रहरीले हिरासतमा राखेको छ । विवाह सम्बन्धि कसुरमा पाँच जनालाई दुई दिनको न्यायीक हिरासतमा लिएर पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


तर जन्तीमा सहभागी कलैया उपमहानगरपालिका वडा नं ४का पूर्व वडाध्यक्ष बेहुलाका छिमेकी जटाशंकर सहनीले दाइजो मागेको सिक्री नभएर बिवाह नभएको भन्ने कुरामा सत्यता नभएको बताए ।

उनले १ वर्ष अघि टिकाटालो भएको र बेहुला र बेहुली पूर्व परिचित रहेको बताए । उनले केटा र केटीले नै मन पराएर बिवाह हुन लागेकोले दाइजोको कुरा गलत भएको बताए ।

जन्ती बेहुलीको घरमा गएपछि लेन देनको ब्यवहारिक कुरामा बेहुलाको सहभागिता नहुने उनले बताए । उनले बेहुलीको मामाको बैयक्तिक अडान र ब्यवहारका कारण समस्या आएको समेत बताए ।

 

तर बेहुलीका बुवा सुखल साहले ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको बताए

बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनामाथि जिल्ला अदालत पर्साबाट दुईदिन हिरासतमा राख्ने अनुमती पर्सा प्रहरीले लिएको छ ।

पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई दुईदिन हिरासतमा राख्ने म्याद थप भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.