logo

समृद्धिको सपनलाई पुरा गर्न स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयता जरुरीः महानगरप्रमुख सरावगी

      9/22/2020 गते 00 00 मा प्रकाशित     975   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं १ छपकैयाको दक्षीणी टोलमा आधारभूत बिद्यालयकोलागि दुई कोठे भवनको आज एक समारोहकावीच बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले शिलान्यास गर्नु भएको छ । 

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया दक्षिणी टोलामा रहेको छठघाटको जग्गामा वीरगञ्ज महानगरपालिकाको सहयोगमा  आधारभुत विद्यालयलागि निर्माण हुने दूईवटा कोठा सहितको पक्की भवनको नगरप्रमुख सरावगीले शिलान्यासगर्नु भएको हो ।


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले बिकासको पहिलो शर्त नै शिक्षा भएको बताउनु भयो । शिक्षाको लगानी ब्यपार जस्तो प्रतिफल छिटो दिनेखालको हुदैन तर यो लगानीले सुन्दर भविष्य दिने बताउनु भयो ।

 

 शिक्षाको अभावमा समाज बिकासको पथमा अगाडि बढ्न सक्दैन उहाँले भन्नु भयो “हाम्रो गरिवी अबिकास हामी माथिको अन्यायको कारण नै शिक्षामा हाम्रो पहुचको अभाव हो ” । उहाँले आजको दिनमा समृद्धिको सपनलाई पुरा गर्न स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयताको सुनिश्चतता जरुरी भएको बताउनु भयो । 

 

पहिलादेखि दुई वटा कोठा रहेको जग्गामा महानगरपालिकाले थप दुई वटा कोठा निर्माण गर्न लागिएको  हो ।

छठ व्यवस्थापन समितिको विशेष पहलमा निर्माण हुनलागेको विद्यालयबाट अगामी शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने लक्ष्य लिएइएको छ ।

 

हालकालागि आधारभूत कक्षा मात्र सञ्चालन गर्ने उद्देश्यका साथ शुरु गरिएको विद्यालयमा क्रममीक स्तरउननती गर्ने लक्ष्य लिइएको मेयर सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले बताउनु भयो  ।


छठ व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र महतो कोइरीको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका नेतता दिनेश साह, बन्शि रौनियार, प्रेम साह, पण्डित रामदेनि तिवारी स्कुलका प्राधानाध्यापक रविन्द्र तिवारी, रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियालगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.