logo

समृद्धिको सपनलाई पुरा गर्न स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयता जरुरीः महानगरप्रमुख सरावगी

      9/22/2020 गते 00 00 मा प्रकाशित     801   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं १ छपकैयाको दक्षीणी टोलमा आधारभूत बिद्यालयकोलागि दुई कोठे भवनको आज एक समारोहकावीच बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले शिलान्यास गर्नु भएको छ । 

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया दक्षिणी टोलामा रहेको छठघाटको जग्गामा वीरगञ्ज महानगरपालिकाको सहयोगमा  आधारभुत विद्यालयलागि निर्माण हुने दूईवटा कोठा सहितको पक्की भवनको नगरप्रमुख सरावगीले शिलान्यासगर्नु भएको हो ।


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले बिकासको पहिलो शर्त नै शिक्षा भएको बताउनु भयो । शिक्षाको लगानी ब्यपार जस्तो प्रतिफल छिटो दिनेखालको हुदैन तर यो लगानीले सुन्दर भविष्य दिने बताउनु भयो ।

 

 शिक्षाको अभावमा समाज बिकासको पथमा अगाडि बढ्न सक्दैन उहाँले भन्नु भयो “हाम्रो गरिवी अबिकास हामी माथिको अन्यायको कारण नै शिक्षामा हाम्रो पहुचको अभाव हो ” । उहाँले आजको दिनमा समृद्धिको सपनलाई पुरा गर्न स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयताको सुनिश्चतता जरुरी भएको बताउनु भयो । 

 

पहिलादेखि दुई वटा कोठा रहेको जग्गामा महानगरपालिकाले थप दुई वटा कोठा निर्माण गर्न लागिएको  हो ।

छठ व्यवस्थापन समितिको विशेष पहलमा निर्माण हुनलागेको विद्यालयबाट अगामी शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने लक्ष्य लिएइएको छ ।

 

हालकालागि आधारभूत कक्षा मात्र सञ्चालन गर्ने उद्देश्यका साथ शुरु गरिएको विद्यालयमा क्रममीक स्तरउननती गर्ने लक्ष्य लिइएको मेयर सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले बताउनु भयो  ।


छठ व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र महतो कोइरीको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका नेतता दिनेश साह, बन्शि रौनियार, प्रेम साह, पण्डित रामदेनि तिवारी स्कुलका प्राधानाध्यापक रविन्द्र तिवारी, रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियालगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.