logo

नारायणी अस्पतालको प्रयोगशालमा रोकिएको कोरोना भाइरसको संक्रमणको परिक्षण पून शुरु

      9/23/2020 गते 00 00 मा प्रकाशित     701   पटक पढिएको

नारायणी अस्पतालमा रहेको प्रयोगशालाले स्थगीत रहेको कोरोना भाइरसको संक्रमणको परिक्षण पुन शुरु भएको छ ।

 

मंगलवार रिएजेन्ट किट आएकोले परिक्षण शुरु भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालमा केही समयकालागि  पिसिआर परिक्षण स्थगीत भएको थियो । 

अस्पतालमा रिएजेन्ट अभाव थियो काठमाडौँबाट रिएजेन्ट आएपछि परिक्षण पुन शुरु भएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले रिएजेन्ट नपठाउँदा परिक्षण प्रभावित हुनेगरेको अस्पतालका प्रमुख संजय ठाकुरले बताउनु भयो । उहाँले विगत दुई हफ्तादेखि मन्त्रालयले अस्पतालमा परिक्षणको लागि रिएजेन्ट नपठाएको जानकारी समेत दिनु भयो  ।

 

स्वास्थ्य मंत्रालयले किटहरु नपठाएपछि अस्पताल आफैले किनेर परिक्षण गर्दै आएको छ । मंत्रालयले रिएजेन्ट किट नपठाएपछि परिक्षण रोक्न बाध्य हुनु पनेृ अवस्था आउने बताउनु भयो । उहाँले प्रदेश सरकारले सहयोग गर्ने आश्वसान दिए पनि कुनै सहयोग नपाएको उहाँले बताउनु भयो ।


प्रयोगशाला प्रत्येक दिन ३ सय रिएजेण्ट उधोरोमा मगाएर परिक्षण गरिरहेको डा.ठाकुरले बताउनु भयो । उहाँले सधै उधोरामा नपाउने पनि भएकोले समस्या हुने भएको बताउनु भयो । 

 

उहाँले टेन्डर प्रकृया मार्फत रिएजेन्ट खरिद गर्न अस्पतालले तयारी गरेपनि त्यसमा समय लाग्ने सक्ने बताउँदै स्वास्थ्य मन्त्रालयले तत्काल केहि आवश्यक कदम उठाउन आवश्यक रहेको बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.