logo

सुकुम्बासी आयोगले बैशाखाम जग्गाधनी पूर्जा बाँड्ने, स्थानीय तहको प्रथामिकतामा छैन सुकुम्बासीको समस्या

 इसीमाना सम्वाददाता     २०८० चैत ४ गते ०३: २३ मा प्रकाशित     1481   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय भूमि आयोगले पर्साले १ सय ५७ जना भूमिहिन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा बितरण गर्ने भएको छ ।

आउदो बैशाखमा पर्सागढी नगरपालिकामा १ सय ५७ जनालाई लालपुर्जा दिन लागिएको आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले बताए । उनले भने,‘पर्सागढी नगरपालिकामा लालपुर्जा बाँडने तयारीमा छौं, नाप नक्सा भइसकेको छ ।

अब केही बाँकी प्रक्रिया पु¥याएर बैशाखमा सूचीकृत भएकाहरुलाई जग्गाको लालपुर्जा बाडिन्छ ।’


पर्सा जिल्लामा भूमिहीन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका गरी ६ हजार ८ सय ८९ जना सूचीकृत भएको आयोगले जनाएको छ ।

 

ठोरी, सखुवा प्रसौनी गाउँपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका र बीरगंज महानगरपालिकामा सूचीकृत भएका सुकुम्वासीहरुको संख्या हो ६ हजार ८ सय ८९ । अन्य स्थानीय तहहरुको प्रथामिकतामा सुकुम्बासी नागरिकको समस्या प्रथामिकतामा परेको छैन ।

 May be an image of 3 people, dais and text

स्थानीय तहहरु किन उदासीन छन थाहा छैन भूमी आयोगका अध्यक्ष तबरेज अहमद भन्छन “ भूमिहिन आफना नागरिकलाई जमिनको मालिक बनाउने भन्दा अर्को राम्रो काम के हुन्छ र ? ।


सूचीकृत भएका मध्य भूमिहीन दलित १ हजार ३ सय ६३ रहेका छन । सबैभन्दा बढी पर्सागढी नगरपालिकामा ७ सय ७२ भूमिहिन दलीत सूचीकृत भएका छन ।

 

भूमिहिन सुकुम्बासीको संख्या २ हजार ५ सय ७७ रहेको छ । सबैभन्दा बढी ठोरीमा १ हजार ७ सय ४० जना मूमिहनि सुकुम्बासी रहेका छन । अव्यवस्थित बसोबासीमा २ हजार ९ सय ४९ जना रहेकोमा सबैभन्दा बढी ठोरीमा १ हजार ९ सय ६ जना सूचीकृत भएका छन् ।


आयोगले सोमवार बीरगंजमा पत्रकार सम्मेलनको आयेजना गरेर भूमिहनि सुकुम्बासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारहरुलाई सम्बेदनशिल हुन आग्ह गरेको छ ।

 

कार्यबिधि अनुसार स्थानीय सरकारले प्रमाणीकरण गरि सिफारिश गरेपछि मात्र आयोगले जग्गाधनी प्रमाण पूर्जा बितरण गर्ने भएकोले स्थानीय तहले काम नगर्ने हो भने आयोगले केही पनि गर्न नसक्ने आयोेगका अध्यक्ष अहमदले बताए ।

 

सुकुम्बासी नागरिकलाई जग्गाधनी पूर्जा उपलबध गराउनकालागि पर्साको उतरी भेगका स्थानीय तहहरु गम्भिर रहेका छन । ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाइ नगरपालिका तथा बीरगन्ज महानगरपालिकामा भूमिहिन नागरिकको सूचीकरण भएको छ ।

 May be an image of 4 people, people smiling and text

अन्य स्थानीय तहको प्रथामिकतामा यो काम नपरेकोले भूूमिहिन सुकुम्बासीहरुको तथ्याक समेत संकलन भएको छैन । यसो त १० वटा स्थानीय तहले यो समस्या समाधान गर्नकालागि समझौता गरेका छन ।

 

तर केहीले काम भने फिटिक्कै गरेका छैनन । राजनीतिक दलका जिल्ला स्तरको नेतृत्वलाई समेत राखेर सुकुम्वासी समस्याको हल खौजन कोशीस गर्दा समेत परिणाम आशा गरेजस्तो नआएको अहमदको भनाई छ ।

 

ठोरी र पर्सागढीमा तीनवटै किसिमका भूमिहीनको संख्या रहेको देखिन्छ । तथ्यांक अनुसार ठोरीमा भूमिहीन दलितमा २६, भूमीहिन सुकुम्वासी १७ सय ४० र अव्यवस्थित बसोबासीमा १९ सय ६ जना सूचीकृत भएका छन् ।

यसैगरी पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहिन सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासीमा ५ सय ५४ जनाको संख्या छ । सबैभन्दा कम भूमीहिनको संख्या बीरगन्ज महानगरमा देखिएको भूमि पर्सा आयोगको तथ्यांकमा छ ।

अधिकांश पालिकाहरुले दलित तथा भूमीहीनहरुका हकमा सहयोग नगरिरहेको हुनाले उनीहरुको समस्या समाधानमा अप्ठयारो आइरहेको भूमि आयोग पर्साका अध्यक्ष अहम्मदको भनाइ छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.