logo

पर्सामा ठोरी, बारामा परवानीपुर कार्यसम्पादन मूल्याकंनमा सबैभन्दा अगाडि

 इसीमाना सम्वाददाता     २०८० चैत ४ गते ०३: ४१ मा प्रकाशित     615   पटक पढिएको

वीरगञ्ज । स्थानीय तहहरुको कार्य सम्पादन मूल्यांकनतर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अंक अनुसार पर्साको ठोरी गाउँपालिका र बाराको परवानीपुर गाउँपालिकाले सबैभन्दा बढी अंक ल्याएका छन् ।

स्थानीय तहहरुमध्ये यी दुवै पालिकाहरुले ६० भन्दा बढी अंक प्राप्त गरेका हुन् ।ठोरी गाउँपालिकाले ६४.१४ अंक र बाराको परवानीपुर गाउँपालिकाले ६६.४७ अंक पाएका हुन् ।

यस्तै पर्साकै वीरगन्ज महानगरपालिकाले ५७.४९ अकं र बाराको कलैया उपमहानगरपालिकाले ६४.९३ अंक प्राप्त गरेको छ ।

त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका ५३.४४ अंक र बाराको जितपुरसिमरा उपमहानगरपालिकाले ५५ अंक प्राप्त गरी तेश्रो स्थान कायम गरेका छन् ।

कार्यसम्पादन नतिजा अनुसार जिल्लामा वीरगंज महानगरपालिका दोस्रो र छिपहरमाई गाउँपालिकाले तेस्रो स्थान हासिल गरेका छन ।

Open photo
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा सार्वजनीक भएको हो ।

पर्सा जिल्लामा सबै भन्दा कम अंक कालिकामाई गाउँपालिकाले प्राप्त गरेको छ । कार्य सम्पादन नतिजामा कालिकामाईले जिल्लामै सब भन्दा कम ३२.५४ अंक प्राप्त गरेको छ ।


त्यस्तै बीरगंज महानगरपाकिला ५७.४९छिपहरमाई गाउँपालिका ५३. ४४जगरनाथपुर गाउँपालिका ५०.०५ , पटेर्वा सुगौली ४८.५८ पर्सागढी नगरपालिका ४७.९८,पोखरिया नगरपालिका ४७.४६,बिन्दवासिनी गाउँपालिका ४४. ९१, धोबिनी गाउँपालिका ४२.८२, पकहाँ मैनपुर गाउँपालिका ४२.१८ रजिराभवानी गाउँपालिका ३७.०४, अंक प्राप्त गरेका छन ।


१६ वटा स्थानीय तह रहेको बारामा करैयामाई गाउँपालिका पाँचौं, प्रसौनी गाउँपालिका छैठौं, विश्रामपुर गाउँपालिका सातौं, निजगढ नगरपालिका आठौं नम्बरमा परेको छ ।

भने त्यस्तै क्रमशः कोल्हवी नगरपालिका, आर्दश कोतवाल गाउँपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, १५ बारागढी गाउँपालिका र अन्तिममा भने सिम्रौनगढ नगरपालिका परेका रेकर्ड छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.