logo

बीरगंज आइसीपीमा लजिपार्कका घिमिरेको गुण्डाराज, भारतीय खाली गाडीसंग लिन्छन रंगदारी ट्याक्स

 इसीमाना सम्वाददाता     २०८० चैत ५ गते १३: ५० मा प्रकाशित     555   पटक पढिएको

बीरगंज । गैर कानूनी रुपमा रंगदारी टैक्स असुल्न खप्पिस मानिएका टिआरएस लोजिपार्कका ठेकदार गणेश घिमिरेको बदमासीका कारण पुरै कम्पनी बदनाम बन्न पुगेको छ ।

बारम्बार गैर कानूनी रकम उठाउन बन्देज लगाइएपनि त्यसको अवज्ञा गर्दै उनले रकम उठाएर लखनउ लुट मच्चाएका छन ।

उनकै कारण बिराटनगरको ट्रान्स नेपाल निकै बदनाम बन्न पुगेको थियो भने त्यहाँ गरेको अनियमितता र गैर कानूनी भ्रष्टचार जन्य अपराधका कारण निकालिएका थिए ।

 

उनलाई त्यहाँबाट निकाल्नुको मुल कारण नै करोडौंको भ्रष्टाचार नै हो । विराटनगरका उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक निजी कम्पनीका कार्यकारी प्रमुख रहेका घिमिरेले लाखौं रकम भ्रष्टाचार गरेका थिए।


बिराटनगर अइसीपीको गोदाम ब्यवस्थापनको ठेक्का ट्रान्स नेपालको कार्यकारी हुदा घिमिरेले बीरगंजमा अहिले गरे जस्तै ठेक्का सम्झौता भन्दा बाहिर गएर आईसीपी नै कब्जा गरेका थिए । उनले त्यही कुराको पुनरावृति बीरगंजमा गरेका छन ।


बीरगंजको एकिकृत भन्सार चाँज चौकीको यार्ड ब्यवस्थापनको जिम्मा नेपाल सरकार अन्र्तगतको इन्टर नेपाल मोडेल यातायात बिकास बोर्डले टिआरएस लोजिपार्कलाई दिएको हो । तर लजिपार्कले यार्ड ब्यवस्थापनको नाममा रंगदारी गर्दै आएको छ । खास गरि पार्किङ बापतको शुल्क लिन पाउने लोजिपार्कले मालवाहक सवारी साधन यार्डमै रहीरहुन भनेर अनलाईन सिस्टमनै अवरुद्ध गर्ने गरेको छ ।

leter-2-1710693827.jpg
बीरगंज भन्सार कार्यालयले घिमिरेलाई आइसीपी परिसरमा रहेको एभरेष्ट बैंकको बिधुत लाईन किन अवरुद्ध गरेको भन्दै एक घण्टे स्पष्टीकरण सोधेको छ । यसरी बिधुत आपूर्ती बन्द हुदा मालवाहक सवारी साधनले किलियरेन्स पाउन ढिला हुने र यार्डमा जति लामो समय सवारी रहन्छन त्यतीनै बढी पार्किङ शुल्क बढ्ने भएकोले घिमिरे यस्तो प्रपञ्च समेत गर्ने गरेको खुलेको छ ।

letter-1710693887.jpg

घिमिरेले आइसिपिलाई आफ्नै पैतृक सम्पति जस्तै बनाएर रकम उठाउने गरेका छन । उनले यो काममा परिवारकै सदस्य समेत परिचालन गरेका छन । उनकै कारण नियमन निकायले यस्तो हर्कत नगर्न र अबिलम्ब रोक्न बारम्बार पत्रचार गरे पनि त्यसको समेत धज्जी उडाएका छन ।

उनलाई काम गर्न इजाजत दिएको नेपाल इन्टर मोडेल यातायात बिकास बोर्डले तीन दिन अघि १५ मार्चमा एउटा पत्र लेखेर खाली सवारी साधनको शुल्क नलिनु र ताल्लुकवाला बीरगंज भन्सार कार्यालयको निर्देशनको पालान गर्नु भनेको छ । तर घिमिरे यो पत्रको धज्जी उडाउदै असुली धन्दा भने कायमै राखेका छन ।

भारतबाट माल बोकेर आउने मालवाहक ट्रक तथा कन्टेनर नेपालमा अनलोड भई फर्किदा ती भारतीय नम्बर सवारी साधनसँग रकम लिनै नपाउने प्रावधान छ । तर घिमिरेको मण्डलीले खाली गाडीहरुबाट २९३ रुपैयाँ ११ पैसा लिने गरेको छन । यस्ता गाडि दैनिक रुपमा १ हजारको सख्यामा फर्किने गरेको स्रोतको दावी छ। यसरी उठाइएको रकम कम्पनी होइन घिमिरेको गोजीमा जम्मा हुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.