logo

बीरगंज आइसीपीमा लजिपार्कका घिमिरेको गुण्डाराज, भारतीय खाली गाडीसंग लिन्छन रंगदारी ट्याक्स

 इसीमाना सम्वाददाता     २०८० चैत ५ गते १३: ५० मा प्रकाशित     781   पटक पढिएको

बीरगंज । गैर कानूनी रुपमा रंगदारी टैक्स असुल्न खप्पिस मानिएका टिआरएस लोजिपार्कका ठेकदार गणेश घिमिरेको बदमासीका कारण पुरै कम्पनी बदनाम बन्न पुगेको छ ।

बारम्बार गैर कानूनी रकम उठाउन बन्देज लगाइएपनि त्यसको अवज्ञा गर्दै उनले रकम उठाएर लखनउ लुट मच्चाएका छन ।

उनकै कारण बिराटनगरको ट्रान्स नेपाल निकै बदनाम बन्न पुगेको थियो भने त्यहाँ गरेको अनियमितता र गैर कानूनी भ्रष्टचार जन्य अपराधका कारण निकालिएका थिए ।

 

उनलाई त्यहाँबाट निकाल्नुको मुल कारण नै करोडौंको भ्रष्टाचार नै हो । विराटनगरका उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक निजी कम्पनीका कार्यकारी प्रमुख रहेका घिमिरेले लाखौं रकम भ्रष्टाचार गरेका थिए।


बिराटनगर अइसीपीको गोदाम ब्यवस्थापनको ठेक्का ट्रान्स नेपालको कार्यकारी हुदा घिमिरेले बीरगंजमा अहिले गरे जस्तै ठेक्का सम्झौता भन्दा बाहिर गएर आईसीपी नै कब्जा गरेका थिए । उनले त्यही कुराको पुनरावृति बीरगंजमा गरेका छन ।


बीरगंजको एकिकृत भन्सार चाँज चौकीको यार्ड ब्यवस्थापनको जिम्मा नेपाल सरकार अन्र्तगतको इन्टर नेपाल मोडेल यातायात बिकास बोर्डले टिआरएस लोजिपार्कलाई दिएको हो । तर लजिपार्कले यार्ड ब्यवस्थापनको नाममा रंगदारी गर्दै आएको छ । खास गरि पार्किङ बापतको शुल्क लिन पाउने लोजिपार्कले मालवाहक सवारी साधन यार्डमै रहीरहुन भनेर अनलाईन सिस्टमनै अवरुद्ध गर्ने गरेको छ ।

leter-2-1710693827.jpg
बीरगंज भन्सार कार्यालयले घिमिरेलाई आइसीपी परिसरमा रहेको एभरेष्ट बैंकको बिधुत लाईन किन अवरुद्ध गरेको भन्दै एक घण्टे स्पष्टीकरण सोधेको छ । यसरी बिधुत आपूर्ती बन्द हुदा मालवाहक सवारी साधनले किलियरेन्स पाउन ढिला हुने र यार्डमा जति लामो समय सवारी रहन्छन त्यतीनै बढी पार्किङ शुल्क बढ्ने भएकोले घिमिरे यस्तो प्रपञ्च समेत गर्ने गरेको खुलेको छ ।

letter-1710693887.jpg

घिमिरेले आइसिपिलाई आफ्नै पैतृक सम्पति जस्तै बनाएर रकम उठाउने गरेका छन । उनले यो काममा परिवारकै सदस्य समेत परिचालन गरेका छन । उनकै कारण नियमन निकायले यस्तो हर्कत नगर्न र अबिलम्ब रोक्न बारम्बार पत्रचार गरे पनि त्यसको समेत धज्जी उडाएका छन ।

उनलाई काम गर्न इजाजत दिएको नेपाल इन्टर मोडेल यातायात बिकास बोर्डले तीन दिन अघि १५ मार्चमा एउटा पत्र लेखेर खाली सवारी साधनको शुल्क नलिनु र ताल्लुकवाला बीरगंज भन्सार कार्यालयको निर्देशनको पालान गर्नु भनेको छ । तर घिमिरे यो पत्रको धज्जी उडाउदै असुली धन्दा भने कायमै राखेका छन ।

भारतबाट माल बोकेर आउने मालवाहक ट्रक तथा कन्टेनर नेपालमा अनलोड भई फर्किदा ती भारतीय नम्बर सवारी साधनसँग रकम लिनै नपाउने प्रावधान छ । तर घिमिरेको मण्डलीले खाली गाडीहरुबाट २९३ रुपैयाँ ११ पैसा लिने गरेको छन । यस्ता गाडि दैनिक रुपमा १ हजारको सख्यामा फर्किने गरेको स्रोतको दावी छ। यसरी उठाइएको रकम कम्पनी होइन घिमिरेको गोजीमा जम्मा हुन्छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.