logo

सवारी करका नाममा गैर कानूनी असुली,नियामक निकायहरु तै चुप मै चुप

 इसीमाना सम्वाददाता     २०८० चैत ५ गते ०३: ५२ मा प्रकाशित     489   पटक पढिएको

वीरगन्ज । वीरगञ्ज महनगरपालिकाले लगाएको पटके सवारी व्यवस्थापन कर ठेकेदार पक्षले तोकिएको भन्दा बढी उठाएको फेला परेको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ का लागि वीरगञ्ज महानगरले आह्वान गरेको सवारी करको ठेक्का ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा सकार भएको हो । ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा आरपीए कन्सट्रक्सनले सवारी पटके सवारी व्यवस्थापनको ठेक्का पाएको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए ।

 

महानगरको न्युनतम ठेक्का रकम भन्दा ६ लाख ५१ हजार बढी हालेर बोलपत्र दर्ता गराएको आरपीए कन्सट्रक्सनले सवारी करको ठेक्का पाएपछि मिलेमतोको आरोप लागेको त थियो नै। अहिले ठेकेदार पक्षले महानगरपालिकाले दिएको रेट भन्दा कैयौ गुण बढी र दोहोरो रुपमा जोर जुलुम गरेर कर असुली गरिरहेको छ ।

महानगरपालिकाले नेपाल प्रवेश गर्ने मालवाहक गाडीबाट प्रति गाडी २ सय २६ नेपाली रुपैया लिन पाउने अनुमती दिएको छ । तर ठेकेदार पक्षले मालवाहक गाडीका चालक संग २ सय २६ भारतीय रुपैया असुली गर्दै आइरहेका छन ।

 

अनौठो त के छ भने नेपाल भित्रिदा मात्रै होइन नेपाल बाट भारत फिर्ता जादा समेत त्यतीनै रकम ठेकेदार पक्षले उठाउने गरेको छ । महानगरले इजाजत नदिएको र गैरकानूनी रुपमा रकम उठाउन ठेकेदार पक्षले बलप्रयोग गर्दै आइरहेको छ । आईसीपी बाट निस्कने अलौचोकमा ठेकेदारको रकम संकल केन्द्र छ ।

 

त्यही नजिकै नेपाल प्रहरीको गस्ती पनि हुन्छ । भारतीय मालबाहक गाडीका चालक र सहचालकहरुले प्रहरीसंग गुहार माग्छन तर पाउदैनन । ट्राफिक प्रहरीले गाडीको कागज पत्र लिएर जाने गरेको भारतीय चालकहरुको भनाई छ । फर्किएर आउदा प्रति गाडी ५० भारतीय रुपैया दिएपछि मात्र कागजपत्र फिर्ता पाउने गरेको उनीहरुको भनाई छ ।

 


उनीहरुले यस बिषयमा प्रहरीमा कैयौ पटक उजुरी गरेका छन । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नीरिक्षक डि.आर.थिङले पनि ठेकेदारलाई आफूले कारवाही गरेको स्मरण गरे । पहिला एक पटक त कारवाही गरेका थियौ उनले भने अहिले त्यस्तो सूचना आएको छैन ।


ठेक्का लगाउने महानगर पनि ठेकेदारको रबैयाका कारण परेशान छ । महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णले ठेकेदारलाई कारवाहीकोलागि टिप्पणी उठाएको बताउछन ।

 

महानगरको संरक्षणमा अवैध असुली गरेको जस्तो देखिएपछि महानगरले कारवाहीको प्रक्रिया अगाडि बढाएको कर्णको भनाई छ । ठेकेदारले करको किस्ता समेत दाखिला नगरेपछि बैकं ज्ञारेन्टी तान्नकालागि पत्राचार समेत भएको उनले बताए ।

 

महानगरले ठेकेदारको गैरकानूनी असुली नियन्त्रणकालागि प्रभावकारी कदम भने देखिदैन। ब्यापार सहजीकरणकोलागि बीरगंजमा बसेको भारतीय महावाणिज्य दुतावास आफनै देशका श्रमजीवी मदुर चालकहरु नाजायज रकम दिन बाध्य हुदा समेत चु सम्म नबोल्नु पनि अनौठो नै मान्नु पर्दछ ।

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.