logo

कानूनको कार्यान्वयन प्रहरीको प्रथामिकताः पर्सा प्रहरी प्रमुख ढुङ्गेल

 इसीमाना सम्वाददाता     २०८० चैत ७ गते ०८: २३ मा प्रकाशित     707   पटक पढिएको

वीरगञ्ज । पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले कानून कार्यान्वयन प्रहरीको प्रमुख प्रथामिकता रहेको र आफूले तदनरुपकै काम गर्ने बताएका छन ।


उनले शान्ति सुरक्षा ,अपराध नियन्त्रण अनधिकृत कारोवारको रोक्थाम लगायतका काम बाहेक अन्य कुनै नयाँ योजना आफूसंग नभएको बताए । कुनै संघ संस्थासंग सहकार्य गर्ने कुरा फरक हो अन्यथा कानूनी शासनको प्रत्याभूतीमा आफनो ध्यान रहने बताए ।


उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने बारेमा आफू समबेदनशील रहेको बताए । उनले प्रहरी कार्यालयमा आम मान्छेलाई सहज प्रवेश र प्रभावकारी सेवाको ग्यारेन्टी गर्ने बताए । कोही सहयोगी लिएर आउनु नपर्ने कुराको सुनिश्चितता गर्ने बताए । सेवाग्राहीको काम गराईदिन्छु भन्दै आउनेहरुलाई निरुत्साहित गरिने उनले बताए । ।

उनले भने,‘सहयोग गर्ने नाममा आ–आफ्नो फाइदा अनुसार मान्छेहरु परिचालन हुने भएकोले त्यस्त सहयोगीको प्रवेशमा कडाइ गरिएको बताए । उनले सहयोगीहरु कति पटक कुन कुन मुद्धामा सिफारिश वा सहयोग गर्न भन्ने कुराको लगत राख्नकालागि कार्यालयमा प्रवेश गर्दा रजिष्टरमा सबै कुरा लेखेर मात्र प्रवेशको अनुमति दिइएको बताए ।

शान्ति सुरक्षाको पाटोमा कुनै कसर बाँकी नराख्ने एसपी ढुंगेलको दाबी छ ।ऐन, कानुन भन्दा एक इन्च पनि तल झरेर काम नगर्ने आफ्नो रणनीति रहेको उनको भनाइ छ ।

यसैगरी इन्टिलिजेन्सबाहेक अरु कुनै प्रहरी घुमुवा नराख्ने एसपी ढुंगेलको दाबी छ । उनले संचारकर्मीको एक प्रश्नको जवाफ दिदै राजेशमान सिंह बिरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.