logo

कानूनको कार्यान्वयन प्रहरीको प्रथामिकताः पर्सा प्रहरी प्रमुख ढुङ्गेल

 इसीमाना सम्वाददाता     २०८० चैत ७ गते ०८: २३ मा प्रकाशित     392   पटक पढिएको

वीरगञ्ज । पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले कानून कार्यान्वयन प्रहरीको प्रमुख प्रथामिकता रहेको र आफूले तदनरुपकै काम गर्ने बताएका छन ।


उनले शान्ति सुरक्षा ,अपराध नियन्त्रण अनधिकृत कारोवारको रोक्थाम लगायतका काम बाहेक अन्य कुनै नयाँ योजना आफूसंग नभएको बताए । कुनै संघ संस्थासंग सहकार्य गर्ने कुरा फरक हो अन्यथा कानूनी शासनको प्रत्याभूतीमा आफनो ध्यान रहने बताए ।


उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने बारेमा आफू समबेदनशील रहेको बताए । उनले प्रहरी कार्यालयमा आम मान्छेलाई सहज प्रवेश र प्रभावकारी सेवाको ग्यारेन्टी गर्ने बताए । कोही सहयोगी लिएर आउनु नपर्ने कुराको सुनिश्चितता गर्ने बताए । सेवाग्राहीको काम गराईदिन्छु भन्दै आउनेहरुलाई निरुत्साहित गरिने उनले बताए । ।

उनले भने,‘सहयोग गर्ने नाममा आ–आफ्नो फाइदा अनुसार मान्छेहरु परिचालन हुने भएकोले त्यस्त सहयोगीको प्रवेशमा कडाइ गरिएको बताए । उनले सहयोगीहरु कति पटक कुन कुन मुद्धामा सिफारिश वा सहयोग गर्न भन्ने कुराको लगत राख्नकालागि कार्यालयमा प्रवेश गर्दा रजिष्टरमा सबै कुरा लेखेर मात्र प्रवेशको अनुमति दिइएको बताए ।

शान्ति सुरक्षाको पाटोमा कुनै कसर बाँकी नराख्ने एसपी ढुंगेलको दाबी छ ।ऐन, कानुन भन्दा एक इन्च पनि तल झरेर काम नगर्ने आफ्नो रणनीति रहेको उनको भनाइ छ ।

यसैगरी इन्टिलिजेन्सबाहेक अरु कुनै प्रहरी घुमुवा नराख्ने एसपी ढुंगेलको दाबी छ । उनले संचारकर्मीको एक प्रश्नको जवाफ दिदै राजेशमान सिंह बिरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.