logo

मदन रुन्चेको गोदाममा पर्सा प्रहरीको छापा, लाखौको सामान बरामद

 इसीमाना सम्वाददाता     २०८० चैत ८ गते ०९: ४६ मा प्रकाशित     3534   पटक पढिएको

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको एक टोलीले बिहिवारआदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा बरामद गरेको छ ।

 

नामुद तस्कर तस्कर मदन गुप्ता ऊर्फ रुन्चेले सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियरको गोदाम प्रहरीले छापा मारेको हो प्रहरीले लाखौंको अबैध कपडा बरामद गरेको छ।

प्रहरीले २० लाख रकम बराबरको १८ पोका कपडा बरामद गरेको छ । पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बरामद भएको कपडा बीरगंज भन्सार पठाउने तयारी भइरहेको जानकारी दिए ।


स्थानीय प्रशासन तथा केन्द्रीय सत्तामा जस्तो सबै बदलाव आएपनि मदन रुन्चेको अनधिकृत कारोवार कहिल्यै अवरुद्ध नभएको भाष्य स्थापित थियो । स्थानीय प्रशासनले तस्करी रोकिएको दावी गरिरहेकै अवस्थामा रुन्चेको भने

अण्डर सेटिङमा कारोवार चलिरहेको थियो । एउटा टेम्पोमा अण्डर सेटिङ पाँच पोका माल आउँछ । वीरगन्ज भन्सार कार्यालयको मुख्य नाका भएर रुन्चेको १० वटा टेम्पोले १०० पोका माल अबैध किसिमले थुपारेको हुन्छ।

 

राती ९ बजे पछी सो तस्करीको कपडा पोखरा काठमाडौंको लागी ट्रक भित्र लोड गरी पठाइन्छ।अहीले मदन रुन्चे खाटु श्यामको दर्शनको लागि भारतको राजस्थान गएका छन। ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.