logo

सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण गर्न समन्वयात्मक रुपमा काम गर्न महानिरीक्षक अर्यालयको सबैमा आग्रह

 इसीमाना सम्वाददाता     २०८० चैत ९ गते ०८: ५० मा प्रकाशित     594   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरीका महानीरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकलाई लक्षीत गरि केही कल्याणकारी कार्यक्रम ल्याएको जनाएका छन ।


सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत राजस्व चुहावट तथा अपराध नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रमलाई शुक्रवार बीरगंजमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सीमा क्षेत्रका नागरिकका सन्तानलाई छात्रबृति उपलब्ध गराउने गरि नीति बनाएको बताए ।

 

उनले सशस्त्र प्रहरीमा भर्ना हुनकालागि सीमा क्षेत्रका युवाहरुलाई अभिप्रेरीत गर्ने, सीमा क्षेत्रका आफना पुर्व कर्मचारीलाई न्यून ब्यजादरमा पाँच लाख सम्म आफनै कोषबाट ऋण उपलब्ध गराउने निर्णय भएको बताए ।


उनले राजस्व चुहावटको नियन्त्रणका बिषयमा राज्य सम्बेदनशील रहेको बताए । उनले राज्यका सबै नियकाहरुले समन्वय गरेर काम गर्नु पर्ने बताए । उनले आफनो संगठनका जिम्मेवार अफिसरहरुलाई समन्वय कायम गरेर काम गर्न निर्देशन दिए ।


सबै निकायको दायित्व राजस्व परिचालनमा चुहावट नियन्त्रण गर्नु रहेको चर्चा गर्दै अर्यालले संचार क्षेत्र र नागरिक समाजले पनि आफनो तर्फबाट नागरिक दायित्व पुरा गर्दै सकारात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए ।


संचारकर्मी ब्यापारीले राजस्व चुहावटमा राज्यका निकायहरुको बेइमानी नै कारक रहेको भन्दै राज्यका संयन्त्रहरुको भूमिका बेठीक रहेको बिचार ब्यक्त गरेका थिए ।


महानिरीक्षक अर्यालले अन्तरक्रियामा उठेका सवालहरुको जवाफ दिदै आफना कमजोरीहरु सुन्न पाएकोले अव सुधारको काम हुने प्रतिवद्धता ब्यक्त गरे ।

उनले सशस्त्र प्रहरी संगठनको काम र त्यसको भूमिकाको सन्दर्भमा सीमा क्षेत्रका नागरिकको बुझाई र भोगाई थाहा पाएको बताए । उनले नागरिकसंग सहकार्य गरेर संगठन अगाडि बढ्ने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, कन्हैयालाल केशरी ,महेश दास ध्रुव साह नेपाल उधोग वाणिज्य महासंघका प्रदेश अध्यक्ष अशोक टेमानी ,बीरगंजका अध्यक्ष अनिल अग्रवाल बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतले अन्तरक्रियामा आफना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका बाहीनीपति दीपेन्द्र शाह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.