logo

पेट बडी पापीको बिमोचन ,नेपाली समाजको आर्थिक दुरावस्थाले ल्याएको दर्दनाक पक्ष उजागर गर्न म्युजीक भिडियो सफलः नेता रुङ्गटा

      9/25/2020 गते 00 00 मा प्रकाशित     1524   पटक पढिएको

सन्देशमुलक भूजपुरी म्यजीक भिडियो “पेट बडी पापी” शुक्रवार एक बिशेष समारोहवीच संबिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाले बिमोचन गर्नु भएको छ ।

 

बीरगंजको दरवार रेष्टुरेन्टमा आयोजना गरिएको बिमोचन कार्यक्रममा नेता रुङटाले म्युजीक भिडियो प्रोजेक्टरमा प्ले गरेर बिमोचन गर्नु भएको हो । 


तराईको सामाजिक ,आर्थिक तथा सास्कृतिक पक्षलाई समेटेर तयार पारिएको म्युजीक भिडियो सन्देशमुलक रहेको छ । शहर र गाउँमा सामाजिकताको स्तरमा रहेको फरक पनलाई म्युजीक भिडियोले सजिव चित्रित गरेको छ ।

 

मजदुरी गरेर जीवन निर्वाह गर्ने पात्रको कथालाई संगीतको माध्यमले प्रस्तुत गरिएको म्युजीक भिडियोमा शहरीया जीनमा मानवता शून्यता तर्फ गएको देखाइएको छ ।

 

आपतमा परेकालाई सहयोग गर्ने भन्दा पनि मोवाइल निकालरे भिडियो बनाउने आधुनीक संस्कृतिले मानवलाई सम्बेदनहिन बनाउदै लगेको  सन्देश भिडियोमा सजीव रुपमा दृश्याइएको छ  ।  शहरको तुलनामा गाउँको जनजीवनमा आज पनि एक अर्कालाई पर्दा सहयोग गर्ने मनहरु रहेको वास्तविक चित्र म्युजीक भिडियोमा उतार गरिएको छ । 


बिमोचन कार्यक्रममा संविधान सभा सदस्य रुङगटाले म्युजीक भिडियोले तराई मधेशको मात्र नभई  नेपालको अवस्थालाई चित्रण गर्न सफल भएको बताउनु भयो । उहाँले भिडियोमा हाम्रो सांस्कृतीका पक्षहरुलाई पनि समेटिएको बताउनदै कलाकारहरुको परिश्रम न्यायपूर्ण रहेको बताउनु भयो । 


म्युजीक भिडियोले सिंगो नेपाली समाजको आर्थिक पछौटेपनले समाजमा ल्याएको दर्दनाक अवस्थालाई उजागर गर्न सफल भएको भन्दै नेता रुङटाले  जब सम्म युवा र किशसान अगाडि आउदेनन तब सम्म  देशको बिकास नहुने ठोकुवा गर्नु भयो  ।

 

त्यसको लागि यहांका युवाहरुको एकवद्ध हुन जरुरी छ उहाँले भन्नु भयो म्युजीक भिडियोले परिर्वतनको दिशामा अग्रसर हुन पनि सन्देश दिएको र त्या अनुरुप युवाहरु अगाडि आउनु पर्छ । 

गितका निर्देशक राजन श्रीवास्तवले जिल्लाका युवाहरुलाई रास्ट्र एवं अन्तर्राष्ट्रिय सम्म नै चिनाउन एउटा नयाँ प्रयास भएको वताए । भोलन्टियर समुहका संयोजकसमेत रहेका श्रीवास्तवले स्वागत मन्तव्य राख्दै भोलन्टियर समुहको सहभागितामा भएको  नयाँ प्रयासले भोजपुरी भाषाको संरक्षणको साथै वीरगंजको पहिचान गराउने बिश्वास व्यक्त गर्नु भयो ।


 
जेंवना भोजपुरिया सनेसा वीरगंजका अशोक कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो  ।  संचालन संचारकर्मी माधुरी महतोले गर्नु भएको थियो ।

भिडियो गीतको आजै  जेंवना भोजपुरिया सनेसाको युट्युबमा समेत रिलिज गरिएको छ । वीरगंजका युवा श्याम सरार्फद्वारा लिखित गीतमा उहाँके अवाज छ । बिवेक परियारले संगीतवद्ध गर्नु भएको गीतको निर्माता मुख्य अभिनेता राकेश यादव “मितवा” रहनु भएको छ । म्यूजीक भिडियोको निर्देशन भने  राजन श्रीवास्तवले गर्नु भएको छ ।  क्यामरामा भरत साहले राम्रो छाप छोडनु भएको छ ।  

 
सोही कार्यक्रममा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनुभएका नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष के.सी. लामिछाने र ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानलाई भोलन्टियर समुहले सम्मानितसमेत गरेको थियो ।
 
नेकपाका युवा नेता प्रभाकर गुप्ताले पत्रकार महासंघका प्रदेश उपाध्यक्ष लामिछानेलाई र भोलन्टियर समुहका अध्यक्ष राजन श्रीवास्तवले ग्रिन सिटीका अध्यक्ष खेतालाई खादा ओढाएर सम्मान गनुृ भएको थियो  ।

https://youtu.be/E9ZjDCfHxak

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.