logo

पर्सामा थप २३ जना कोरोना भाइरसबाट संक्रमीत,१ सय ७७ जनाले कोरोना जितेर घर फर्किए

      9/26/2020 गते 00 00 मा प्रकाशित     874   पटक पढिएको

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २३ सहित २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

 

१ सय ९२ जनाको  स्वाबको पीसीआर परीक्षण गर्दा ८ बर्षदेखि ७४ बर्ष उमेरसमूहका १७ जना पुरुष र १० जना महिला गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

 

थपिएका संक्रमितहरु पर्साका २३ जना, बाराका ३ जना र रौतहटका एकजना रहेका छन् । उनीहरुको संक्रमण सार्न सक्ने क्षमता अर्थात सीटी भ्यालु १४ देखि ३४ रहेको छ । पर्साको १  सय ६६ स्वाब परीक्षण गर्दा कालिकामाई गाउँपालिकाका ११ जना, वीरगन्ज महानगरपालिकाकाको वडा नम्बर २ मा एकजना, वडा नम्बर ४ मा २ जना, वडा नम्बर १०, १४, २५ र २७ मा एक एकजनामा कोरोना संक्रमण भेटिएको छ ।

 

त्यस्तै जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का १ जना, बहुदरामाई नगरपालिका वडा नम्बर ७ का एकजना, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ का एकजनामा कोरोना भाईरस संक्रमण भेटिएको हो । त्यसैगरी बाराको फेटा गाउँपालिकाका वडा नम्बर ३ मा एकजना, बारागढी गाउँपालिका वडा नम्बर १ मा एकजना, परवानीपुर गाउँपालिका वडा नम्बर २ मा एकजना र रौतहटका एकजनामा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

 

यसअघि अस्तीराति वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोशगालामा पर्साका १ सय ३ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।


यसैवीच वीरगञ्जबाट आज अपरान्ह थप १७७ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको होटल बाबा ईन्टरनेशनलको आईसोलेशनबाट ८ जना तथा वीरगञ्ज तथा पर्सा जिल्लाका होम आईशोलेशनबाट १ सय ६९ जना गरी १७७ जना कोरोना निको भई घर फर्र्किएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले बताउनु भयो ।

स्थानीय प्रशासनले जारी गरेको प्रेस नोटमा हिजो सम्म पर्सा जिल्लामा २ हजार ५ सय ४१ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये २ हजार १ सय ३३ जना कोरोना निको भई डिस्चार्ज भएको जनाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.