logo

बाराको सीमरामा सडक दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु 

      9/27/2020 गते 00 00 मा प्रकाशित     880   पटक पढिएको

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरामा सडक दुर्घटनामा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

 

सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २ (०३ ००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।

 


दुर्घटनामा श्रीमान, श्रीमती र एक वर्षीय छोराको मृत्यु भएको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनु भयो  ।  दुर्घटनामा निजगढ नगरपालिका १० बस्ने तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको हो।

 

स्कुटरलाई ठक्कर दिएका बस चालक फरार छन्। उनको खोजी भइरहेको श्रेष्ठले बताउनु भयो। शव शल्यपरीक्षणका लागि वीरगन्ज पठाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.