logo

 निषेध भनिएको ठाउमा पार्किङ, बीरगंजको सडक पेटीको पार्किङ ब्यवस्थापन चोर सिपाहीको खेल जस्तो 

      9/27/2020 गते 00 00 मा प्रकाशित     1039   पटक पढिएको

आर्दशनगर मुख्य बजार क्षेत्रमा सडक र फूटपाथमा मोटरसाइकलको पार्किङ निषेध गरिएको छ । बीरगंजका मुख्य सडक र पेटीमा मोटरसाइकल सहित अन्य सवारी साधनको पार्किङ निषेध गरिए पनि त्यसलाई लागू गर्न सरोकारवाला निकायलाई हम्मे हम्मे परेको छ । 


बीरगंज महानगरपालिकाले बीरगंजको घण्टाघरको बि.पी.उद्यान ,पुरानो बसपार्क , एएमसी अस्पताल अगाडि लगायतका स्थानमा मोटरसाइकल तथा अन्य सवारी साधनको पार्किङको लागि स्थान तोकेको छ । आर्दशनगरमा सबै बैंकहरुले पार्किङ निषेधको सूचना टाँस गरेका छन ।

 

तर सेवाग्राहीले सडक पेटीमै मोटरसाइकल पार्किङ गर्ने गरेका छन । सडक छेउमा पार्किङ गरिएको मोटरसाइकललाई कारवाही गरेपछि सडक पेटीमा पार्किङ शुरु भएको छ । सडक पेटीमा पार्किङ गरिएका  मोटरसाइकलका धनीलाई कारवाही गर्न थालिएपछि सडक छेउमा पार्किङ गर्छन । सडक छेउ र पेटीमा मोटर साइकलको पार्किङको कुरा चोर पुलीसको खेल जस्तो भएको छ । 


सडक पेटीमा मोटरसाइकल पार्किङ भएको कुरालाई प्रहरीले नजरअन्दाज  गरेर छोड्यो भने मोवाइलामा फोटो खिचेर भाइरल बनाउने चलन छ । सडक पेटीमा पनि त्यस्तैछ । सेवाग्राहीहरुलाई लखेट्यो सडक खाली हुन्छ ।

 

एक छिन पछि फेरी उस्तै  । ट्राफिक प्रहरीको जनशक्ति सडकमा र फूटपाथमा रहेको मोटरसाइकल पार्किङलाई ब्यवस्थित गर्दा गर्दै हत्तु हुन्छन । तर सेवाग्राहीले तोकिएको क्षेत्रमा सवारी साधन पार्किङ गर्ने बानी भने बसाउन चाहेका छैनन । शहरको सौन्दर्यताका बिषयमा शहरमा आउने सबैखाले सेवाग्राही जिम्मेवार नहुदा सम्म सफलता नमिल्ने सामाजिक क्षेत्रमा क्रियाशिल अभियान्ताहरुको भनाई छ । 


पार्किङ ब्यवस्थापनमा देखिएको समस्यालाई हल गर्न सरोकारवाला निकायले  बिभिन्न खालका सचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन । आइतवार ट्राफिक प्रहरी कार्यालय, पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा  आदर्शनगर क्षेत्रको फुटपाथमा राखिएका मोटरसाइकलहरूलाई कारबाई गरिएको छ।


    सडकमा पार्किङ निर्धारण गरेको क्षेत्रमा नराखेर फुटपाथमा मोटरसाइकल राखेका पचासजनालाई कारबाई गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताउनु भयो ।


    यसैगरी, आदर्शनगर चोकदेखि कैलाश होटलसम्म फुटपाथमा राखेका मोटरसाइकलधनीहरूलाई आज चेतावनी दिइएको उहाँले बताउनु भयो । 
    सो स्थानमा दुईतर्फी सवारीसाधन चल्ने हुँदा पार्किङ निषेध गरिएको अवस्थामा फुटपाथमा मोटरसाइकल राखिएकाले आज चेतावनी दिइएको र भोलिदेखि कारबाई गरिने अध्यक्ष खेतानले बताउनु भयो ।


    कार्यक्रममा ट्राफिक प्रहरी निरीक्ष्ँक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु प्रनानि सूर्यबहादुर थापामगर, वीरेन्द्र साहलगायतको सहभागिता थियो।आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, बिरगंज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी बर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाह लगायत स्थानीय बुद्धिजीवीहरुको  सहभागीता रहेको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.