पर्साको जगरनाथपुर गाउँपालिकाका स्वाथ्य शाखामा कार्यरत ५८ वर्षिय अहेव रामसकिल साहको सोमबार मृत्यु भएको छ । उहाँको उपचारको क्रममा काठमाण्डौमा बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा मृत्य भएको हो ।
महोत्तरीको मनरा नगरपालिका–७ सबैला स्थायी घर भएका साहलाई भदौ १९ गते देखी रुघाखोकी लागेको थियो ।
स्वास्थ्यमा समस्या देखीएपछि घर बिदा जानु भएको साहको जनकपुरको चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।
असोज ५ गते उहाँको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
तपाईको प्रतिक्रिया