logo

प्राधिकरण बितरण केन्द्रले ग्राहकसंग माफी माग्यो, बिभन्न माँग सहित ज्ञापन र प्रवेशद्वारामा धर्ना

      9/29/2020 गते 00 00 मा प्रकाशित     981   पटक पढिएको

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंले श्रावण भदौ महिनाको बिधुत महशुलमा लिएको जरिवाना शुल्क समायोजन गर्ने जनाएको छ ।

 

निषेधाज्ञाको अवधीमा मिटर रिडिङ नगर्ने बिल नदिने तर अहिले भूक्तानीको बेलामा जरिवाना समेत असुल उपर गर्न थाले पनि बितरण केन्द्र बीरगंजको बिरोध शुरु भएपछि उसले जरिवाना समायाजन गर्ने जनाएको हो । नेपाल बिधुत प्राधिकरण बितरण केनद्र बीरगंजले मिति नहाली जारी गरेको एक सूचनाको आधारमा श्रावण भदौको जरिवाना नलाग्ने जनाएको हो ।

 

उसले बिलिङ प्रणालीमा भएको प्राविधिक त्रुटीका कारण जरिवाना समेत लिइएको जनाउदै उक्त रकम मिलान गरिने जनाएको छ । प्राधिकरणले प्राविधिक त्रुटीका कारण ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा समेत माँगेको छ ।  प्राधिकरणले सोमवारै सूचना निकालेर यो बिषयको जानकारी  गराएको थियो । 


प्राधिकरणले जरिवाना मिलान गर्ने सूचना निकाले पनि मंगवार प्राधिकरणको प्रवेश द्वारामा पालै पाले धर्ना दिने काम भएको छ । असोज १५ सम्म भूक्तानी गर्नेहरुको जरिवाना मिलान गर्ने प्राधिकरणको भनाई छ ।

 

धर्ना दिनेहरुले बिजुलीको कर भूक्तानीको समय बढाउन समेत माँग गरेका छन । समय बढाउने कुरा बीरगंज बितरण केन्द्रले गर्न नसक्ने बितरण केन्द्र प्रमुख शम्भु कुसीयत यादवले बताउनु भयो । उहाँले उहाँहरुको ज्ञापन पत्र माथि पठाएका छौ भूक्तानीको समयवधी बढाउने  निर्णय कार्यकारी प्रमुखको तहबाट मात्र हुन सक्ने भएकोले ज्ञापन नै पठाएको यादवले बताउनु भयो । 

जनता समाजवादी पार्टी वीरगञ्ज नगर समितिले गरेको विरोध कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य मञ्जुर आलम लगायतका नेता कार्यकर्ता प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्ना दिएका थिए । 


यसैगरि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विधुत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा आज विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ । 


लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउण्डेशन पर्साले नेपाल विधुत प्राधिकरण पर्साका प्रमुख शम्भु कुसीयत  यादवलाई ज्ञापन पत्र बुझाएका हुन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.