logo

रौतहटमा बाघको आक्रमण परि एक युवाको ज्यान गयो दुई जना घाइते

      9/30/2020 गते 00 00 मा प्रकाशित     799   पटक पढिएको

 रौहतटको चन्द्रपुर नगरपालिका वडा नं ६ का २७ वर्षिय संगम भण्डारीको बाघको आक्रमण परि मृत्यु भएको छ । अन्य दुई जना भने घाइते भएका छन । 

हराईरहेका भण्डारीको खोजीगर्दा शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिनु भयो   ।

 

 

भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डीएसपी शाहीले बताउनु भयो  । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा , ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन । उनीहरुको पाखुरा, छाती, हातमा चोट लागेको छ ।

 

मृतक भण्डारी जंगलमा हराएपछि गाँउका १०÷१२ जना युवाहरु मंगलबार राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सतेरी जंगलको तीनकुवा बन क्षेत्रमा बांघले आक्रमण गरेको हो ।

 


बांघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएको बताएका छन । घाईतेहरुको चन्द्रपुर हस्पिटल प्रा.ली. मा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.