logo

सक्कली प्रहरीद्वारा नक्कली प्रहरी पक्राउ , ठगीको ब्यवस्थित योजना,नक्कली लोकसेवा आयोगको परिक्षानै संचालन

      10/1/2020 गते 00 00 मा प्रकाशित     729   पटक पढिएको

विभिन्न सरकारी पदमा जागिर लगाईदिने भन्दै लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार सहित ८ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

विभिन्न स्थानका व्यक्तिहरुलाई विभिन्न सरकारी पदमा जागिर लगाईदिने भन्दै नक्कली लोकसेवाको परीक्षा समेत लिने मुख्य योजनाकार सहित ८ जनालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

 

पक्राउ परेका बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल बस्ने बर्ष २९ को अजय कुमार रायलाई नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै  प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान सहित आज सार्वजनिक गरेको हो ।

 

वीरगन्ज महानगरपालिका वडा नं १६ नगवामा रहेको देव पार्टी प्यालेसमा लोकसेवा आयोगको नक्कली परिक्षा लिईरहेको अवस्थामा हिजो पर्सा प्रहरीले नक्कली प्रहरी निरीक्षक, परीक्षा गार्ड र परिक्षार्थीहरु सहितलाई नियन्त्रणमा लिएको थियो ।

 

मुख्य योजनाकार रायले परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मनजीत कुवँरले बताउनुभयो ।

 

विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवामा आफूलाई प्रहरी निरीक्षक हुँ भनेर परिचय समेत दिदै हिडेको राय जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पुर्पक्षको लागि ११० दिन बीरगंज कारागारमा कैद सजाय भुक्तान गरिसकेका छन् । उनले विभिन्न स्थानका व्यक्तिहरुबाट ३ लाख ६१ हजार रुपैंया ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

 

नक्कली प्रहरी निरीक्षक बनेका राय सहित परीक्षा हलबाटै जितपुर सिमरा वडा नम्बर ५ बस्ने बर्ष ५७ को हिरालाल महतो सोही स्थानका बर्ष २८ का बसन्त चौधरी, वीरगन्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, वीरगन्ज २७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया र दुईजना परीक्षा गार्ड बस्न आएका महिलालाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो । पक्राउ परेका रायले आपूm नै मुख्य योजनाकार रहेको र अरुको संलग्नता नरहेको बयान प्रहरीलाई दिएको छ ।

 

प्रहरीका अुनसार पक्राउ परेका दुईजना महिलाहरुले पनि आपूmहरुलाई पारिश्रमिक दिएर परीक्षा गार्ड बस्न बोलाएको अन्य विषयमा भने केही जानकारी नभएको बयान दिएका छन् ।

 

तर, अन्यको संलग्नता रहे नरहेको विषयमा प्रहरीले अनुसन्धान गरेपछि मात्रै जानकारी हुने जनाएको छ । परीक्षा दिन आएका २१ जनालाई भने हिजो सोधपुछ गरेर आज आउने गरी छोडिएको र आज पीडितहरुको लिखित जाहेरीको आधारमा नै प्रहरीले मुद्दा अघि बढाईने प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.