कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सक अर्थोपेडिक सर्जन डा. हरि सापकोटाकोे कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
२ साताअघि संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारकोलागि भर्ना गरिएको थियो । उहाँमा श्वास प्रश्वासको समस्या देखिएको थियो । सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो ।
बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिनु भयो
।उहा बाँके खजुराका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया