logo

३ वर्षिया बालिका र हजुरआमा माथि सामुहिक आक्रमण, पीडकको संरक्षणमा प्रहरी नै लागेको स्थानीयको आरोप

      10/2/2020 गते 00 00 मा प्रकाशित     1103   पटक पढिएको

वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरी प्रतिको जनविश्वास गुम्न थालेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा बीरगंज महानगर वडा नं २३ का  राकेश साह र रमेश पासवानले पत्रकार सम्मेलन गरि यस्तो गुनासो गर्नु भएको हो ।

 

असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमा कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छोडाएका थिए ।  

समय पछि वीरगंज २३ प्रसौनी बिर्ताका ईमरान अंसारी,ईरफान अंसारी,खुरसिद अंसारी, नुरसिद अंसारी,ग्यासुदिन मियाँ, , मनिफ अंसारी र कमरोदा अंसारी सहितको हुलले झगडा छोडाउने सुजित साहको घरमा पसेर कुटपीट गर्न थाले । घरमा  राकेश साहको तीन बर्षकि छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी र स्थानीय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरि गम्भिर घाइते बनाए ।

 

झगडा छोडाइदिएको कसुरमा घरमै पसेर महिला माथि हातपात भयो । नावालक माथि हातपात भयो तर प्रहरीले दोषीलाई कारवाही गर्ने तदारुकता देखाउदैन । सर्वसाधारण मान्छेको न्यायप्रति पहुच असहज रहेको पत्रकार समेत रहेका साहले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँको प्रश्न थियो मेरो परिवार झगडिया होइन ।

 

घर अगाडि कुटेको देखेर छोडाएको हो यसो गर्दा पिटीनु पर्ने अनी पिटनेले उन्मुक्ति पाउने ? कस्तो खालको  अवस्थामा छौ हामी । कानून हातमा लिनेहरुको साथ नै प्रहरीले दिने हो भने प्रहरीमाथि आम मान्छेले बिश्वास किन गर्ने ? भन्ने उठेको साहले बताउनु भयो ।  

 

कुटपिटबाट गम्भिर घाईते धर्मशिला देवी र सुजित साहको  वीरगंज न्युरो हस्पिटल पानी टंकी र अजय पासवानको सुर्य हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । कुटपिट गर्ने बिरुद्ध जाहेरी दिदा समेत प्रहरीले जाहेरी नलिई थप पीडा दिने काम गरेको कुरा पत्रकार सम्मेलनमा पीडित राकेश साहले बताउनु भयो ।

पत्रकार सम्मेलन गर्दै पीडित पक्षले न्यायीक प्रक्रियामा जानकोलागि प्रहरीले जाहेरी दर्ता नगरे असोज १८ देखी सडक संघर्षमा जाने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रहरीले लिनु पर्ने चेतावनी दिएका छन ।  

यता वडा प्रहरी कार्यालय श्रीपुरकका प्रहरी निरीक्षक दीपककुमार साहले कुनैपनि आरोपीलाई उन्मुक्ति नदिएको बताउनु भयो  । उहाँले दोषीहरुलाई सधै प्रहरीमा आएर हाजरी गर्नेगरी तारेखमा रिहा गरिएको जानकारी दिनु भयो  ।

प्रनि साहले घट्ना बारे आफुले बुझ्न दुवै पक्षलाई बोलाएर कुराकानी गर्न खोजेपनि पिडित पक्ष नआईदिएको बताउनु भयो । उहाँले प्रहरीले कुनैपनि दोषीलाई उन्मुक्ति नदिने दावी गर्दै छिट्टै कारवाही गरिने जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.