logo

३ वर्षिया बालिका र हजुरआमा माथि सामुहिक आक्रमण, पीडकको संरक्षणमा प्रहरी नै लागेको स्थानीयको आरोप

      10/2/2020 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरी प्रतिको जनविश्वास गुम्न थालेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा बीरगंज महानगर वडा नं २३ का  राकेश साह र रमेश पासवानले पत्रकार सम्मेलन गरि यस्तो गुनासो गर्नु भएको हो ।

 

असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमा कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छोडाएका थिए ।  

समय पछि वीरगंज २३ प्रसौनी बिर्ताका ईमरान अंसारी,ईरफान अंसारी,खुरसिद अंसारी, नुरसिद अंसारी,ग्यासुदिन मियाँ, , मनिफ अंसारी र कमरोदा अंसारी सहितको हुलले झगडा छोडाउने सुजित साहको घरमा पसेर कुटपीट गर्न थाले । घरमा  राकेश साहको तीन बर्षकि छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी र स्थानीय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरि गम्भिर घाइते बनाए ।

 

झगडा छोडाइदिएको कसुरमा घरमै पसेर महिला माथि हातपात भयो । नावालक माथि हातपात भयो तर प्रहरीले दोषीलाई कारवाही गर्ने तदारुकता देखाउदैन । सर्वसाधारण मान्छेको न्यायप्रति पहुच असहज रहेको पत्रकार समेत रहेका साहले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँको प्रश्न थियो मेरो परिवार झगडिया होइन ।

 

घर अगाडि कुटेको देखेर छोडाएको हो यसो गर्दा पिटीनु पर्ने अनी पिटनेले उन्मुक्ति पाउने ? कस्तो खालको  अवस्थामा छौ हामी । कानून हातमा लिनेहरुको साथ नै प्रहरीले दिने हो भने प्रहरीमाथि आम मान्छेले बिश्वास किन गर्ने ? भन्ने उठेको साहले बताउनु भयो ।  

 

कुटपिटबाट गम्भिर घाईते धर्मशिला देवी र सुजित साहको  वीरगंज न्युरो हस्पिटल पानी टंकी र अजय पासवानको सुर्य हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । कुटपिट गर्ने बिरुद्ध जाहेरी दिदा समेत प्रहरीले जाहेरी नलिई थप पीडा दिने काम गरेको कुरा पत्रकार सम्मेलनमा पीडित राकेश साहले बताउनु भयो ।

पत्रकार सम्मेलन गर्दै पीडित पक्षले न्यायीक प्रक्रियामा जानकोलागि प्रहरीले जाहेरी दर्ता नगरे असोज १८ देखी सडक संघर्षमा जाने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रहरीले लिनु पर्ने चेतावनी दिएका छन ।  

यता वडा प्रहरी कार्यालय श्रीपुरकका प्रहरी निरीक्षक दीपककुमार साहले कुनैपनि आरोपीलाई उन्मुक्ति नदिएको बताउनु भयो  । उहाँले दोषीहरुलाई सधै प्रहरीमा आएर हाजरी गर्नेगरी तारेखमा रिहा गरिएको जानकारी दिनु भयो  ।

प्रनि साहले घट्ना बारे आफुले बुझ्न दुवै पक्षलाई बोलाएर कुराकानी गर्न खोजेपनि पिडित पक्ष नआईदिएको बताउनु भयो । उहाँले प्रहरीले कुनैपनि दोषीलाई उन्मुक्ति नदिने दावी गर्दै छिट्टै कारवाही गरिने जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.