logo

३ लाख २५ हजार केजी मटर थप अनुसन्धानको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइयो

      10/2/2020 गते 00 00 मा प्रकाशित     790   पटक पढिएको

पर्सा प्रहरीले  ३ लाख  २५ हजार केजी मटर ( केराउ) आवश्यक कार्यवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ।


प्रहरीले  वीरगंज महानगरपालिका  वडा नं. १६ बस्ने ताहिर हुसेनको ३५ वर्षिया  श्रीमती  दरखसा तबसुमको घरमा भण्डार गरिएको अवस्थामा केराउ बरामद गरेको थियो ।

 

तबसुमको घरमा  ललितपुर महानगरपालिका  वडा नं. ३ का २९ वर्षिय बेदान्त राणाले केराउ घर भाडामा लिएर राखेका थिए ।  

राणाले श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्को नाममा घर भाडामा लिई सो घरमा अवैध रुपमा राजश्‍व छली गरि केराउ राखेको सूचनाको आधारमा प्रहरीले गोदाममा छापा मारेको पर्सा प्रहरीका प्रवक्ता मनजीत कुंवरले बताउनु भयो ।

 

प्रहरीले भदौ १४ गते  प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्को नाममा घर भाडामा लिई भण्डारण गरेको केराउ  आवश्यक कारवाहीको  तथा थप अनुसन्धानको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको हो।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.