logo

पोखरियामा निशुल्क नेत्र शिविर सम्पन्न, ३ सय २६ को नेत्र परिक्षण ,१ सय ९१ मा मोतिबिन्दुको समस्या 

      10/3/2020 गते 00 00 मा प्रकाशित     896   पटक पढिएको

पोखरिया नगरपालिकाको वडा नं १  बनकटवामा शनिवार  निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय २६ जनाको नेत्र परिक्षण गरिएको थियो ।
 

नेत्र परिक्षण गरिएका मध्य १ सय ९१  जनामा मोतिबिन्दुको समस्या देखिएको माट्रिका आई फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताउनु भयो । नेत्र परिक्षण गरिएका ३ सय २६ मध्य २७ जन शारीरीक रुपमा फरक क्षमता भएका ब्यक्तिहरु रहेको उहाँले बताउनु भयो । 


बनकटवा युवा उत्थान समितिको स्थानीय आयोजनामा भएको शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । परिक्षण आइतवार पनि निरन्तर हुने आयोजक संस्थाका कार्यक्रम संयोजक प्रदीप कुर्मीले जानकारी दिनु भयो ।

 

उत्थान समितिका अध्यक्ष ह्रदय नारायण पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार, सम्बिधान सभाका सदस्य प्रदुम्न चौहान , जसपाका नेता नेजामुदिन समानी, वडा नं १ अध्यक्ष बंका प्रसाद कुर्मी डा. जगतनारायण गिरीले पहिलो बिरामीलाई प्रेसक्रिप्सन पूर्जा हस्तान्तरण गरेर शिविरको शुभारम्भ गएिको आयोजक संस्थाका कोषध्यक्ष  भोला गिरीले जानकारी दिनु भयो ।

समितिका सचिव  बैजनाथ ठाकुर उपाध्यक्ष कविता कुर्मी लगायतको नेतृत्वमा स्थानीय युवाहरुले शिविरको ब्यवस्थापन गरेका थिए । शिविरको आयोजनाले आँखामा समस्या आएका स्थानीय जेष्ठ नागरिकले खुशी ब्यक्त गरेका छन ।

 

घर आँगनमै आएर आँखाको चेक गर्ने र निशुल्क रुपमा अप्रेशन हुने कुरा थाहा पाएपछि जेष्ठ नागरिक खुशी भएका हुन । शिविर पोखरिया स्थित श्री रामदेव साह कलवार जिल्ल उच्चाङल उच्च माध्यामिक बिद्यालयमा भएको थियो । शिविरमा मास्क अनिर्वाय गरिएको थियो भने सामाजिक दुरी कायम गरिएको थियो ।


मोतिबिन्दुको समस्या देखिएका १ सय ९१  जनाको माट्रिका आई फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने जनाएको छ । फाउण्डेशनले चश्मा लगायतका अन्य आवश्यक सामाग्री भने शुपथ मूल्यमा उपलब्ध गराउने धामीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.