logo

वीरगञ्जमा प्रहरीद्वारा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामदअनुसन्धान जारी

      10/5/2020 गते 00 00 मा प्रकाशित     1113   पटक पढिएको

वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको पाइएको हो ।

आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको उनले बताइन् ।उपभोक्ता अधिकारसँग सम्बन्धित विषय भएकोले आवश्यक अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर ९विस्कुट पाउरोटीमा प्रयोग गरिने० १७ बोरा फेला परेको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

केक र बेकरीमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पूनः नयाँ मिति राखेर बजार पठाइने गरेको आशंका अनुगमन टोलीको छ । तर सञ्चालकले भने कोरोना महामारी रोकथाम र नियन्त्रणक लागि लामो समय लकडाउन र निषेधाज्ञा लगाएका कारण गोदामको माल बिक्री नभएर म्याद सकिएको दावी गरेका छन् । बिक्री गर्ने प्रायोजनका लागि समान नराखिएको उनीहरुको भनाइ छ ।

बेकरी खानेकुरा बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।
यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको र घटनाको विस्तृत जानकारी पछि गराइने प्रहरी उपरीक्षक पन्तले जनाए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.