logo

वीरगञ्जमा प्रहरीद्वारा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामदअनुसन्धान जारी

      10/5/2020 गते 00 00 मा प्रकाशित     910   पटक पढिएको

वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको पाइएको हो ।

आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको उनले बताइन् ।उपभोक्ता अधिकारसँग सम्बन्धित विषय भएकोले आवश्यक अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर ९विस्कुट पाउरोटीमा प्रयोग गरिने० १७ बोरा फेला परेको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

केक र बेकरीमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पूनः नयाँ मिति राखेर बजार पठाइने गरेको आशंका अनुगमन टोलीको छ । तर सञ्चालकले भने कोरोना महामारी रोकथाम र नियन्त्रणक लागि लामो समय लकडाउन र निषेधाज्ञा लगाएका कारण गोदामको माल बिक्री नभएर म्याद सकिएको दावी गरेका छन् । बिक्री गर्ने प्रायोजनका लागि समान नराखिएको उनीहरुको भनाइ छ ।

बेकरी खानेकुरा बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।
यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको र घटनाको विस्तृत जानकारी पछि गराइने प्रहरी उपरीक्षक पन्तले जनाए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.