logo

बीरगंज बसपार्क भित्रबाटै यात्रुलाई गुणात्मक सेवा दिइने, सडकमा सवारी पार्किङ गर्ने दण्डीत हुने

      10/7/2020 गते 00 00 मा प्रकाशित     1423   पटक पढिएको

बीरगंजबाट संचालीत यात्रुबाहक बसहरुले अव यात्रुलाई बसपार्क भित्रबाटै सेवा दिनु पर्ने भएको छ । सडकमा बस रोकेर यात्रुलाई झ्याईकुटी झयाई  पार्दै बस भित्र कोच्ने प्रवृति अन्त्य गरेर प्रणालीवद्ध गुणत्मक सेवा दिने बिषयमा आज त्रिपक्षीय सहमती भएको छ ।

 

 त्रिपक्षीय सरोकारवालावीच आज बुधवार भएको बैठकले यस्तो निर्णय गरेको हो । करोडौ रुपैया लागाएर बीरगंज टर्मिनल बसपार्क  यातायात ब्यवस्थापनकालागि बनाइएको हो ।  करोडौको लागतमा  सवारी गुडनकालागि बीरगंजको बाइपास सडक बनेको छ । तर सडक यात्रुबाहक र मालबाहक सवारीको पार्किङ स्थल बनेको छ भने टर्मिनल बसपार्कको उपादेयतामाथि नै प्रश्न उठ्न थालेको छ । यात्रुबाहक बसहरु  बसपार्क भित्र नरहने हो  र त्यही बाट गुणात्मक सेवा नदिने हो भने करोडौको लागतमा टर्मिनल बसपार्क बनाउनुको अर्थ नरहने भएकोले अव यातायातको ब्यवस्थापन हुनै पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक कमल पंडितले बताउनु भयो । 


आजको बैठकले अव बसपार्क भित्रबाटै यात्रुवाहक सवारीले यात्रुलाई सेवा दिने निर्णय गरेको छ । निर्णयको पालना नगर्ने ब्यवसायीलाई कानून अनुसार कारवाही गरिने वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दीपक साहले बताउनु भयो । 
यो बेलामा यत्राुलाई गुणात्मक सेवा नदिने , सरकारले तोकेको मापदण्डाको खिलाफमा गएर कोरोनाको जोखिम बढाउने र यात्रुलाई बिचौलीया लगाएर सास्ती दिने सबै गलत काम रोक्ने र त्यसको प्रभावकारी अनुगमनकालागि ब्यवसायीका संघ संस्थाका एक एक जना प्रतिनिधि समेत रहने गरि अनुगमन समिति बनाउने सहमती भएको प्रहरी निरिक्षक साहले बताउनु भयो । 
अनुगमनको क्रममा दोषी देखिनेलाई  ठाउका ठाउ कारवाही गरिने उहाँले बताउनु भयो । 

 


करोडौको संरचना बनाएर त्यसको उपयोग नगर्ने र सडकमा सवारीका साधन पार्किङ गरेर बिचौलीया लगाएर यात्रुलाई सास्ती दिदै अन्नयापूर्ण काम नपाइने बताउदै प्रहरी निरिक्षक पंडितले बिचौलीयाको दादागिरीलाई बैधता कुनै पनि दिन सकिदैन प्रारम्भमा सबै ब्यवसायीहरु मिलेर काम गरौ नयाँ हिसावले ब्यवस्थापनको शुरुवात कही न ही बाट हुनु पर्छ त्यसमा ब्यवसायीको साथ चाहिएको छ भन्नु भयो । 


बिचौलीयाका कारण १२ करोडमा निर्माण भएको बीरगंजको टर्मिनल बसर्पाक राम्रोसंग संचालन हुन नपाएको  निष्कर्ष निकाल्दै अव सवार ब्यवस्थापनको कुरामा कुनै मोलाहिजा नराखिने उहाँले बताउनु भयो । 


बैठकले  यात्रुबाहक बसमा लठ्रयाउने दर्वा खुवाएर यात्री लुटने काम भएमा कण्डक्टर ,सह चालक र चालकलाई कारवाहीको दायरमा ल्याउने र सवारीधनीलाई आर्थिक रुपमा दायित्व लिनु पर्ने निर्णय भएको छ । यात्रुहरु गाडीमा बसेपछि सुरक्षा सर्तकताका बिषयमा कर्मचारीहरुले यात्रुलाई ब्रिफिङ गर्न लगाएर सुरक्षाका बिषयमा जानकारी दिन समेत ब्यवसयाीलाई  प्रहरीले आग्रह गरेको छ । 


पर्सा प्रहरीले  यातायात ब्यवस्थापनमा लिएको पहलकदमीलाई ब्यवसायीहरुले पनि साथ दिने भएका छन ।  उनीहरुले सडकको सुरक्षा र बसापार्कको उपयोगिताले बीरगंजको सौन्दर्यता समेत झल्किने भन्दै ब्यवसायीको साथ रहने बताएका हुन । 
बैठकमा ब्यवसायीको तर्फबाट प्रभू कलवार,बिनोद मानन्धर ,सुमन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.