logo

कोरोनाका कारण चाडवाड प्रभावित, शक्तिपीठमा बली निषेध,  मेला महोत्सवमा प्रतिवन्ध, घरमै पूजा अर्चना र बली दिन आग्रह

      10/8/2020 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको

कोरोना भाइरसको संक्रमणको कारण यस वर्ष बिजयादशमी पनि प्रभावित हुने भएको छ । हिन्दूहरुको प्रमुख चाड बिजया दशमीका अवसरमा शक्तिपीठहरुमा बली दिएर पूजा अर्चना गर्ने परम्परा रहि आएको छ ।

 

बीरगंजको माइस्थान मन्दीरमा बली चढाइनुका साथै बीरगंजमा भब्य मेला समेत लाग्दै आएको यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण पूजा अर्चना र बली तथा मेला जात्रा समेत प्रभावित हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहिवार एउटा सूचना निकालेर पूजा पाठ तथा बली दिने काम आफनै घरमा गर्न आग्रह गरेको छ ।  नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ नैजिकिंदै जाँदा पर्सा प्रशासनले सतर्कता अपनाउँनकालागि यस्तो आग्रह गरेको हो । 


जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार एउटा सूचना जारी गर्दै आउँदै गरेको हिन्दु धर्मावलम्बीको महान पर्व विजय दशमी तथा शुभ दिपावलीलाई मध्यनजर गर्दै पुजापाठ लगायतका कार्यहरु आफ्नै घरमा गर्न आग्रह गरेको हो ।

 

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले चाडवाडमा हुने भिडभाडलाई मध्यनजर गर्दै गहवामाई, बिन्दवासिनि, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली निषेध गर्ने समेत निर्णय गरेको छ ।

 

धार्मिक आस्थामा आँच नपुग्ने गरी भिडभाड नगरी शक्ति पिठहरुमा नित्य, पूजा अर्चना मात्रै गर्न दिने जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले सार्बजनिक स्थान, खुला मैदान, सडक लगायतका क्षेत्रमा दुर्गा झाँकी तथा पण्डाल बनाउन नदिने निर्णय गरेको छ ।

 


वीरगञ्ज बजारको मुख्य क्षेत्रमा फुलपाथीदेखी नवमीसम्म सवारी साधन सञ्चालनमा आवश्यक्ता अनुसार रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत बिनय श्रीवास्तबले जानकारी दिनु भयो  ।

 

त्यसैगरी भिडभाड हुने किसिमका मेला, महोत्सब तथा जात्रा लगाउन पाइने छैन । विभिन्न शक्ति पिठ तथा मठ मन्दिरमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी परिचालन गर्ने निर्णय समेत भएको श्रीवास्तवले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.