logo

कोरोनाका कारण चाडवाड प्रभावित, शक्तिपीठमा बली निषेध,  मेला महोत्सवमा प्रतिवन्ध, घरमै पूजा अर्चना र बली दिन आग्रह

      10/8/2020 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

कोरोना भाइरसको संक्रमणको कारण यस वर्ष बिजयादशमी पनि प्रभावित हुने भएको छ । हिन्दूहरुको प्रमुख चाड बिजया दशमीका अवसरमा शक्तिपीठहरुमा बली दिएर पूजा अर्चना गर्ने परम्परा रहि आएको छ ।

 

बीरगंजको माइस्थान मन्दीरमा बली चढाइनुका साथै बीरगंजमा भब्य मेला समेत लाग्दै आएको यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण पूजा अर्चना र बली तथा मेला जात्रा समेत प्रभावित हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहिवार एउटा सूचना निकालेर पूजा पाठ तथा बली दिने काम आफनै घरमा गर्न आग्रह गरेको छ ।  नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ नैजिकिंदै जाँदा पर्सा प्रशासनले सतर्कता अपनाउँनकालागि यस्तो आग्रह गरेको हो । 


जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार एउटा सूचना जारी गर्दै आउँदै गरेको हिन्दु धर्मावलम्बीको महान पर्व विजय दशमी तथा शुभ दिपावलीलाई मध्यनजर गर्दै पुजापाठ लगायतका कार्यहरु आफ्नै घरमा गर्न आग्रह गरेको हो ।

 

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले चाडवाडमा हुने भिडभाडलाई मध्यनजर गर्दै गहवामाई, बिन्दवासिनि, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली निषेध गर्ने समेत निर्णय गरेको छ ।

 

धार्मिक आस्थामा आँच नपुग्ने गरी भिडभाड नगरी शक्ति पिठहरुमा नित्य, पूजा अर्चना मात्रै गर्न दिने जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले सार्बजनिक स्थान, खुला मैदान, सडक लगायतका क्षेत्रमा दुर्गा झाँकी तथा पण्डाल बनाउन नदिने निर्णय गरेको छ ।

 


वीरगञ्ज बजारको मुख्य क्षेत्रमा फुलपाथीदेखी नवमीसम्म सवारी साधन सञ्चालनमा आवश्यक्ता अनुसार रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत बिनय श्रीवास्तबले जानकारी दिनु भयो  ।

 

त्यसैगरी भिडभाड हुने किसिमका मेला, महोत्सब तथा जात्रा लगाउन पाइने छैन । विभिन्न शक्ति पिठ तथा मठ मन्दिरमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी परिचालन गर्ने निर्णय समेत भएको श्रीवास्तवले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.