logo

कार्यालयहरुमा संक्रमण पस्यो, यातायातका सबै सेवा बन्द , बिधुतमा सर्तकता अपनाउन जरुरी

      10/10/2020 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

यातायात व्यवस्था कार्यालय वीरगञ्जले आफनो सम्पूर्ण सेवाहरु बन्द गरेको छ । कार्यालयका  एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सम्पूर्ण सेवाहरु बन्द गरेको हो।

यातायात व्यवस्था कार्यालय वीरगञ्ज अन्तर्गत सवारी चालक अनुमति पत्र शाखाले एउटा सूचना जारी गर्दै आइतबारदेखि कार्यालयबाट उपलब्ध हुँदै आएका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द भएको जनाएको हो ।

 

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको कारण उनक सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई क्वारेन्टिन गर्नुपर्ने भएको हुनाले सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

त्यस्तै नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंजमा पनि एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि केही कर्मचारीहरु होम क्वारेन्टिनमा बसेका छन ।

 

कार्यालयले संक्रमीत कर्मचारीको नजिक रहेका कर्मचारीको पिसीआर परिक्षण गर्ने कार्यालयले जनाएको छ । तर नेपाल बिधुत  प्राधिकरण बितरण केन्द्रमा संक्रमीत कर्मचारीको राजस्व संकलन काउण्टर , मिटर शाखामा कुनै पनि खालको सम्र्पक नभएका कारण सेवाहरु भने नरोकिएको कार्यालयले जनाएको छ ।

 

बितरण शाखाका कर्मचारी संक्रमण पुष्टि भएको पाँच दिन भएको छ । यो वीचमा ति कर्मचराीको कन्टयाक्ट ट्रेसिङमा रहेका कर्मचारीहरुको पिसीआर परिक्षण नभएको र उनीहरु क्वारेन्टिनमा समेत नबसेको गम्भिर कुरा सार्वजनीक भएको छ ।

 

उनीहरु क्वारेन्टिनमा नबसेका कारण जोखिम बढेको कार्यालय श्रोतले जनाएको छ । संक्रमीत कर्मचारीले आफनो नजिक करिब १० जना कर्मचारी रहेको जनाएका छन । यद्धपी कार्यालयको तर्फबाट पिसीआर परिक्षण गरिदिनकालागि बीरगंज महानगरपालिकालाई पत्राचार भएको कार्यालयले जनाएको छ । महानगरलाई शुक्रवार पत्राचार भएको बताइएको छ । 

 

यसैवीच  वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको परिक्षणमा नेपाल आर्मीका सैनिकसहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


पर्सा जिल्लाको विभिन्न स्थानबाट कन्ट्याक्ट ट्रेसिङ् र मास टेस्टिङ मार्फत जम्मा गरेर ल्याइएको २ सय ६६ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा वीरगञ्ज घण्टाघरस्थित बरख गणमा कार्यरत नेपाली सेनाका १४ जना सैनिकसहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगत केहि दिनदेखि पर्सामा संक्रमित थपिने ग्राफ घट्दै गएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.