logo

कार्यालयहरुमा संक्रमण पस्यो, यातायातका सबै सेवा बन्द , बिधुतमा सर्तकता अपनाउन जरुरी

      10/10/2020 गते 00 00 मा प्रकाशित     1108   पटक पढिएको

यातायात व्यवस्था कार्यालय वीरगञ्जले आफनो सम्पूर्ण सेवाहरु बन्द गरेको छ । कार्यालयका  एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सम्पूर्ण सेवाहरु बन्द गरेको हो।

यातायात व्यवस्था कार्यालय वीरगञ्ज अन्तर्गत सवारी चालक अनुमति पत्र शाखाले एउटा सूचना जारी गर्दै आइतबारदेखि कार्यालयबाट उपलब्ध हुँदै आएका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द भएको जनाएको हो ।

 

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको कारण उनक सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई क्वारेन्टिन गर्नुपर्ने भएको हुनाले सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

त्यस्तै नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंजमा पनि एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि केही कर्मचारीहरु होम क्वारेन्टिनमा बसेका छन ।

 

कार्यालयले संक्रमीत कर्मचारीको नजिक रहेका कर्मचारीको पिसीआर परिक्षण गर्ने कार्यालयले जनाएको छ । तर नेपाल बिधुत  प्राधिकरण बितरण केन्द्रमा संक्रमीत कर्मचारीको राजस्व संकलन काउण्टर , मिटर शाखामा कुनै पनि खालको सम्र्पक नभएका कारण सेवाहरु भने नरोकिएको कार्यालयले जनाएको छ ।

 

बितरण शाखाका कर्मचारी संक्रमण पुष्टि भएको पाँच दिन भएको छ । यो वीचमा ति कर्मचराीको कन्टयाक्ट ट्रेसिङमा रहेका कर्मचारीहरुको पिसीआर परिक्षण नभएको र उनीहरु क्वारेन्टिनमा समेत नबसेको गम्भिर कुरा सार्वजनीक भएको छ ।

 

उनीहरु क्वारेन्टिनमा नबसेका कारण जोखिम बढेको कार्यालय श्रोतले जनाएको छ । संक्रमीत कर्मचारीले आफनो नजिक करिब १० जना कर्मचारी रहेको जनाएका छन । यद्धपी कार्यालयको तर्फबाट पिसीआर परिक्षण गरिदिनकालागि बीरगंज महानगरपालिकालाई पत्राचार भएको कार्यालयले जनाएको छ । महानगरलाई शुक्रवार पत्राचार भएको बताइएको छ । 

 

यसैवीच  वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको परिक्षणमा नेपाल आर्मीका सैनिकसहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


पर्सा जिल्लाको विभिन्न स्थानबाट कन्ट्याक्ट ट्रेसिङ् र मास टेस्टिङ मार्फत जम्मा गरेर ल्याइएको २ सय ६६ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा वीरगञ्ज घण्टाघरस्थित बरख गणमा कार्यरत नेपाली सेनाका १४ जना सैनिकसहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगत केहि दिनदेखि पर्सामा संक्रमित थपिने ग्राफ घट्दै गएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.