logo

सामाजिक संजालमा अश्लिल स्टाटस मार्फत महानगर प्रमुख सरावगीलाई गाली गर्ने आयुषराज प्रहरीको फन्दामा

      10/14/2020 गते 00 00 मा प्रकाशित     1418   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गर्ने युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

 

२० भदौमा आयुषराज नामको फेसबुक पेजबाट महानगर प्रमुखलाई अश्लिल शब्द प्रयोग गरेर स्टाटस पोष्ट गरेका थिए । आयुषराजको नाममा यस्तो पोष्ट गर्ने युवा चाही छिपहरमाईको वडा नं ३ का सचिव राजकिशोर प्रसाद चौरसियाका १९ वर्षिय छोरा अनमोल चौरसिया हुन ।

 

यस अघि  भदौ २४ गते बीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको मोवाइलको नम्बर प्रयोग गरेर  फेसबुकमा  नक्कली  आईडी बनाएर महानगर प्रमुख सरावगीको तस्विर राख्दै अश्लिल शब्द प्रयोग गरेर पोष्ट लेखेका थिए ।


महानगर प्रमुखको तस्विर राखेर परिवारका सदस्यहरुको सम्बन्ध गरिएको आपत्तीजनक पोष्ट गरिएको थियो । असलमको  गिरफ्तारी पछि प्रहरीले गरेको अनुसन्धानले त्यस प्रकरणका मूख्य ब्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको हो । 


आयुषराजको नाममा अपशब्द लेखेर पोष्ट गर्ने छिपहरमाई गाउँपालिका वडा नं ३ स्थायी  निवासी १९ वर्षिय अनमोल चौरसियालाई  प्रहरीले पक्राउ गरेको हो । चौरसियाले आवेगमा आएर आफूले सामाजिक संजालमा अपशब्द सहितको स्टाटस पोष्ट गरेको कबुल गरेका छन । 


बीरगंजको डेसीमल कलेजका बिद्यार्थी रहेका चौरसियासंग प्रहरी थप अनुसन्धान समेत गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनजीत कुंवरले जानकारी दिनु भयो । उनी बीरगंजको रानीघाटमा आफनै घरमा रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

उनी छिपहरमाई गाउँपालिकाको वडा नं ३ मा कार्यरत  वडा सचिवका पुत्र हुन । मोवाइल नम्बरको आधारमा उनलाई प्रहरीले पक्रेको हो  । प्रहरीले उनी बिरुद्ध साइबर अपराध वा अभद्र ब्यवहार के मा मुद्धा चलाउने भन्ने बिषय भने निक्र्योल भएको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.