logo

गैर नागरिकहरु नेपाली उपभोक्ता ठग्दै,नियमनकारी निकाय सेटिङमा, एउटै प्रकृतिको मुद्धामा एउटालाई हिरासत अर्कोलाई उन्मुक्ति

      10/15/2020 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

गैर नागरिकहरुले मिति गुज्रिसकेका खाद्यान्नहरुमा फेरि नयाँ मिति हालेर बजार पठाउने र नेपाली उपभोक्ताको धन र  स्वास्थ्यमा  गम्भिर खेलवाड गरेको कुरा प्रकाशमा आएको छ ।

 

१९ असोजमा प्रहरीले वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा छापामारि गरि म्याद गुज्रेको सामान बरामद गर्यो । 


गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर ( विस्कुट पाउरोटीमा प्रयोग गरिने ) १७ बोरा फेला परेको थियो ।

 

बरामदी मुचुल्कामा प्रा.ली.को प्रतिनिधिका रुपमा नेपाली नागरिकता लिन सफल भारतीय नागरिक पवन भंगेरियाले हस्ताक्षर गरेका छन । भंगेरीया कम्पनीका तीन साझेदार मध्य एक हुन । 

१५ असोजमा काठमाण्डौको वाफल र कालिमाटी गोदाममा  छापामारी गर्यो । आयान डिस्टिब्युटर्सले मिति गुज्रिएका सामानमा नयाँ मिति हाल्दै बजारमा पठाइरहेको छ भन्ने पुष्टि भयोे ।

 

म्याद गुज्रिएका  सामानमा नयाँ मिति हालेर पठाएको आरोपमा विशाल ग्रुपसँग सम्बन्धित आयान डिस्ट्रिब्यूटर्सका सन्चालक पुष्पा अग्रवाल, रोनक बोथ्रा कारवाहीमा छन् । बोथ्रा त अहिले हिरासतमा नै रहेका छन् ।  बोथ्रा भारतीय नागरिक हुन । 


असोज १८ मा प्रहरीले कलंकीमा एउटा पाँचतले घरमा छामापारी गर्यो ।  पाँच तले यो घरमा पनि त्यस्तै पहिले मिति गुज्रिएका सामानमा नयाँ मिति हालेर बजारमा पठाउने काम गरिएको भन्ने पुष्टि भयो । प्रहरीले मुख्य ब्यक्ति अनिल बंका सहित सात जानालाई समातेर तत्काल छोड्यो ।

 

अनिल बंका पनि भारतीय नागरिक हुन । एउटै प्रकृतिको केशमा प्रहरीले दुई खालको नीति लियो  । बोथ्रालाई थुन्नु र बंकालाई छोडनुको पछाडी प्रहरी र बंकावीचको सेटिङनै कारक हो । 


 वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिका  मालिक प्रवीण बंका हुन ।केही वर्ष पहिला बीरगंजको एक औधोगिक घरानामा जागीर गर्ने भारतीय नागरिक बंकाले  उच्च राजनीतिक घरानीयासंगको सम्बन्ध र आर्थिक नजराना दिएर नेपाली नागरिकता हत्याएका छन ।

 

मुलत उनी  भारतीय नागरिक नै हुन । उनका अर्का साझेदार सुमित अग्रवाल पनि भारतीय नागरिक हुन । भारत बिहारको मुज्जफरपुरमा सैलुन संचालनको पृष्ठभूमी भएका पवन भंगेरिया पनि नेपाली नागरिकताको प्रमाणपत्रधारी भारतीय हुन ।

 

उनले मेशीनरी पार्टको ब्यपारमा राजस्व छलेर करोडौ कमाए पछि नातेदार समेत रहेका प्रवीण बंका मार्फत अखाद्य बस्तु बेचेर  नेपाली उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दै आइरहेका छन । उनले नेपाली उपभोक्ताको स्वास्थ्य प्रतिकूल हुने बस्तुको ब्यापार मात्र गरेका छैनन आर्थिक रुपमा नेपालीलाई कमजोर समेत बनाउदै छन । 

व्यावसायीहरु उपभोक्ता अधिकारप्रति संवेदनशील छैनन् । व्यापारीले अखाद्य वस्तु बजारमा ल्याएर नागरिकको स्वास्थ्यमा खेलवाड गरेका छन् । नेपाल डम्पिङ साइट बनेको छ ।

 

 नियमकारी निकायले उपभोक्ताले अनुभूति गर्ने गरी काम गरेको छैन । गुणस्तरीय वस्तु र सेवा दिएका छैनन् । वस्तुको लेबललाई राम्रो बनाउनुपर्नेमा गराइएको छैन ।

 

भ्रमपूर्ण विज्ञापन गरेर सामग्री बिक्री गरेका छन् । आयातकर्ता र उद्योगीहरुले आफ्नो कानुनी दायित्व पूरा गरेका छैनन् । कानुनले नगर्न भनेका काम गरेका छन् ।  

 

व्यापारीले दबाब दिएर उन्मुक्ति पाउँदै आएका छन् । नियमकारी निकायमाथि पनि राजनीतिक दबाब छ । म्याद सकिएको सामानमा रिलेबलिङ गर्ने र बजारमा पठाउने समूह कानूनको दायरा भन्दा बाहिर रहनुले त्यही कुरा देखाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.