logo

गैर नागरिकहरु नेपाली उपभोक्ता ठग्दै,नियमनकारी निकाय सेटिङमा, एउटै प्रकृतिको मुद्धामा एउटालाई हिरासत अर्कोलाई उन्मुक्ति

      10/15/2020 गते 00 00 मा प्रकाशित     1210   पटक पढिएको

गैर नागरिकहरुले मिति गुज्रिसकेका खाद्यान्नहरुमा फेरि नयाँ मिति हालेर बजार पठाउने र नेपाली उपभोक्ताको धन र  स्वास्थ्यमा  गम्भिर खेलवाड गरेको कुरा प्रकाशमा आएको छ ।

 

१९ असोजमा प्रहरीले वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा छापामारि गरि म्याद गुज्रेको सामान बरामद गर्यो । 


गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर ( विस्कुट पाउरोटीमा प्रयोग गरिने ) १७ बोरा फेला परेको थियो ।

 

बरामदी मुचुल्कामा प्रा.ली.को प्रतिनिधिका रुपमा नेपाली नागरिकता लिन सफल भारतीय नागरिक पवन भंगेरियाले हस्ताक्षर गरेका छन । भंगेरीया कम्पनीका तीन साझेदार मध्य एक हुन । 

१५ असोजमा काठमाण्डौको वाफल र कालिमाटी गोदाममा  छापामारी गर्यो । आयान डिस्टिब्युटर्सले मिति गुज्रिएका सामानमा नयाँ मिति हाल्दै बजारमा पठाइरहेको छ भन्ने पुष्टि भयोे ।

 

म्याद गुज्रिएका  सामानमा नयाँ मिति हालेर पठाएको आरोपमा विशाल ग्रुपसँग सम्बन्धित आयान डिस्ट्रिब्यूटर्सका सन्चालक पुष्पा अग्रवाल, रोनक बोथ्रा कारवाहीमा छन् । बोथ्रा त अहिले हिरासतमा नै रहेका छन् ।  बोथ्रा भारतीय नागरिक हुन । 


असोज १८ मा प्रहरीले कलंकीमा एउटा पाँचतले घरमा छामापारी गर्यो ।  पाँच तले यो घरमा पनि त्यस्तै पहिले मिति गुज्रिएका सामानमा नयाँ मिति हालेर बजारमा पठाउने काम गरिएको भन्ने पुष्टि भयो । प्रहरीले मुख्य ब्यक्ति अनिल बंका सहित सात जानालाई समातेर तत्काल छोड्यो ।

 

अनिल बंका पनि भारतीय नागरिक हुन । एउटै प्रकृतिको केशमा प्रहरीले दुई खालको नीति लियो  । बोथ्रालाई थुन्नु र बंकालाई छोडनुको पछाडी प्रहरी र बंकावीचको सेटिङनै कारक हो । 


 वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिका  मालिक प्रवीण बंका हुन ।केही वर्ष पहिला बीरगंजको एक औधोगिक घरानामा जागीर गर्ने भारतीय नागरिक बंकाले  उच्च राजनीतिक घरानीयासंगको सम्बन्ध र आर्थिक नजराना दिएर नेपाली नागरिकता हत्याएका छन ।

 

मुलत उनी  भारतीय नागरिक नै हुन । उनका अर्का साझेदार सुमित अग्रवाल पनि भारतीय नागरिक हुन । भारत बिहारको मुज्जफरपुरमा सैलुन संचालनको पृष्ठभूमी भएका पवन भंगेरिया पनि नेपाली नागरिकताको प्रमाणपत्रधारी भारतीय हुन ।

 

उनले मेशीनरी पार्टको ब्यपारमा राजस्व छलेर करोडौ कमाए पछि नातेदार समेत रहेका प्रवीण बंका मार्फत अखाद्य बस्तु बेचेर  नेपाली उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दै आइरहेका छन । उनले नेपाली उपभोक्ताको स्वास्थ्य प्रतिकूल हुने बस्तुको ब्यापार मात्र गरेका छैनन आर्थिक रुपमा नेपालीलाई कमजोर समेत बनाउदै छन । 

व्यावसायीहरु उपभोक्ता अधिकारप्रति संवेदनशील छैनन् । व्यापारीले अखाद्य वस्तु बजारमा ल्याएर नागरिकको स्वास्थ्यमा खेलवाड गरेका छन् । नेपाल डम्पिङ साइट बनेको छ ।

 

 नियमकारी निकायले उपभोक्ताले अनुभूति गर्ने गरी काम गरेको छैन । गुणस्तरीय वस्तु र सेवा दिएका छैनन् । वस्तुको लेबललाई राम्रो बनाउनुपर्नेमा गराइएको छैन ।

 

भ्रमपूर्ण विज्ञापन गरेर सामग्री बिक्री गरेका छन् । आयातकर्ता र उद्योगीहरुले आफ्नो कानुनी दायित्व पूरा गरेका छैनन् । कानुनले नगर्न भनेका काम गरेका छन् ।  

 

व्यापारीले दबाब दिएर उन्मुक्ति पाउँदै आएका छन् । नियमकारी निकायमाथि पनि राजनीतिक दबाब छ । म्याद सकिएको सामानमा रिलेबलिङ गर्ने र बजारमा पठाउने समूह कानूनको दायरा भन्दा बाहिर रहनुले त्यही कुरा देखाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.