logo

बलात्कारीलाई फाँसी दिनु पर्ने प्रवन्धको माँग गर्दै बीरगंजमा कालो कपडा लगाएर युवाले गरे प्रर्दशन

      10/15/2020 गते 00 00 मा प्रकाशित     885   पटक पढिएको

बलात्कारीलाई फाँसीको माग गर्दै वीरगञ्जमा युवाहरुले प्रदर्शन गरेका छन् । बलातकारका घटनाहरु दिनप्रतिद बढदै गएको भन्दै उनीहरुले दण्डब्यवस्थामा परिर्वतनको माँग गरेका हुन ।


बीरगंजको घण्टाघरबाट शुरु भएको प्रर्दशन शहरका मुख्य भागको परिक्रमा गरि घण्टाघरमा पुगेर धर्ना सहित समापन भएको थियो । बलात्कार आरोपका दोषीहरुले  कुनै कुनै रुपमा उन्मुक्ति पाएको र यो घटना बढदै गएकोले बलात्कारीलाई फासी दिनु पर्ने कानूनी प्रवन्ध आवश्यक रहेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन ।


बलात्कारीलाई फाँसी दे, न्यायमा ढिलाई भनेको अन्याय हो, सरकार भेटियो न्याय भेटिएनलगातयका नारा लगाउँदै वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गरि पुनः घण्टाघर आएर कोणसभामा परिणत भएको थियो । र्‍याली पछि युवाहरु केही बेर घण्टाघर चोकमा धर्ना समेत दिएका थिए ।


छोटो हाम्रो लुगा होईन–छोटो तपाईको सोच हो, सच्चा पुरुष नारीको सम्मान, बलात्कारमुक्त समाज हाम्रो अभियान, पिडीतलाई न्याय दे, माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार भ्रष्टाचारमा व्यस्त छ लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

र्‍यालीमा सहभागिहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाहीको दायरा भित्र ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढी युवाहरुले विरोध स्वरुप कालो रंगको कपडा लगाएर प्रदर्शन गरेको रुपक पटेलले बताउनु भयो ।


सरकारले बल्त्कारीहरु विरुद्ध कडा कानुन नल्याए आफुहरुले आगामी दिनमा पनि यस्ता प्रदर्शन गरिरहने उहााले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.