logo

बलात्कारीलाई फाँसी दिनु पर्ने प्रवन्धको माँग गर्दै बीरगंजमा कालो कपडा लगाएर युवाले गरे प्रर्दशन

      10/15/2020 गते 00 00 मा प्रकाशित     1054   पटक पढिएको

बलात्कारीलाई फाँसीको माग गर्दै वीरगञ्जमा युवाहरुले प्रदर्शन गरेका छन् । बलातकारका घटनाहरु दिनप्रतिद बढदै गएको भन्दै उनीहरुले दण्डब्यवस्थामा परिर्वतनको माँग गरेका हुन ।


बीरगंजको घण्टाघरबाट शुरु भएको प्रर्दशन शहरका मुख्य भागको परिक्रमा गरि घण्टाघरमा पुगेर धर्ना सहित समापन भएको थियो । बलात्कार आरोपका दोषीहरुले  कुनै कुनै रुपमा उन्मुक्ति पाएको र यो घटना बढदै गएकोले बलात्कारीलाई फासी दिनु पर्ने कानूनी प्रवन्ध आवश्यक रहेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन ।


बलात्कारीलाई फाँसी दे, न्यायमा ढिलाई भनेको अन्याय हो, सरकार भेटियो न्याय भेटिएनलगातयका नारा लगाउँदै वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गरि पुनः घण्टाघर आएर कोणसभामा परिणत भएको थियो । र्‍याली पछि युवाहरु केही बेर घण्टाघर चोकमा धर्ना समेत दिएका थिए ।


छोटो हाम्रो लुगा होईन–छोटो तपाईको सोच हो, सच्चा पुरुष नारीको सम्मान, बलात्कारमुक्त समाज हाम्रो अभियान, पिडीतलाई न्याय दे, माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार भ्रष्टाचारमा व्यस्त छ लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

र्‍यालीमा सहभागिहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाहीको दायरा भित्र ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढी युवाहरुले विरोध स्वरुप कालो रंगको कपडा लगाएर प्रदर्शन गरेको रुपक पटेलले बताउनु भयो ।


सरकारले बल्त्कारीहरु विरुद्ध कडा कानुन नल्याए आफुहरुले आगामी दिनमा पनि यस्ता प्रदर्शन गरिरहने उहााले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.