कार्यालय समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको नेतृत्वमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेशराज पुरी सहित गएको टोलीले कार्यालयमा छापामारी गरेको हो ।
टोलीले कार्यालका प्रमुख सुमन झा सहित ६ जना कर्मचारी र ६ जना अन्य जग्गा दलाललाई कार्यालयमै नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयमा पर्सा सहायक प्रमुख जिल्ला अधिकारीपनि पुगेको बताइएको छ ।
राती ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टेलीले कार्यलय प्रमुख सहित कर्मचारीसंग सनाखत गराएको स्रोतले जनाएको छ । यस बिषयमा थप कुरा आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया