logo

मालपोत कार्यालय पर्सामा स्थानीय प्रशासनको छापा कर्मचारी छाडिए, बिचौलीयाहरु थुनामा

      10/16/2020 गते 00 00 मा प्रकाशित     1385   पटक पढिएको

 वीरगन्ज, ३० असोज । जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताको विरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सक्रियता देखाउन थाल्नु भएको छ । कोरोना महामारीको संकटमा पर्सामा आईपुग्नु भएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले रणनीतिक रुपमा पर्सा जिल्लामा कोभिड नियन्त्रण उन्मुख बनाएपछि अब सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमिततालाई नियन्त्रणका लागि कदम चाल्नु भएको छ ।

उहाँकै  निर्देशानमा बिहीबार साँझ मालपोत कार्यालय पर्सामा छापामारी गरी मालपोत कार्यालयका प्रमुख र कर्मचारी, विचौलिया सहित २१ जना लाई नियन्त्रणमा लिएको हो । कार्यालय समयपछि पनि मालपोत कार्यालय पर्सामा कर्मचारीहरुले गोप्य ढंगबाट काम गरिरहेको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी तामाङले वडा प्रहरी कार्यालय वीर्तालाई छापामारी गर्न निर्देशन दिनुभएको थियो ।

प्रहरीले तत्काल छापामारी गरेर १३ जना कर्मचारी र ८ जना विचौलियालाई पक्राउ गरेको थियो । बिहीबार साँझ ८ बजे वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीको नेतृत्वमा गएको प्रहरीले मालपोत कार्यालय पर्साका सहायक प्रमुख सहित २१ जनालाई नियन्त्रणमा लिएको थियो । कार्यालयमा छापामारी गर्न पुगेको प्रहरीले अनुसन्धान गर्दा १३ जना मालपोत कार्यालयकै कर्मचारीहरु ८ जना बाहिरका विचौलियाहरु सहित कागजपत्र समेत फेला पारेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिनुभयो ।

मालपोत कार्यालय पर्साका १३ जना कर्मचारीहरुलाई मुचुल्कामा सहीछाप गराएर हाजिर हुने गरि छोडिएको र बाहिरका ८ जनालाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय वीर्तामा राखिएको छ । प्रहरीले मालपोत कार्यालयको फाईलबाट नगद पनि बरामद गरेको छ ।  कुना काप्चामा फाईलमा कोचेर राखेकोका १००, पाँचसय र हजार रुपैंयाका नोटहरु बरामद गरेको प्रहरी निरीक्षक पुरीले बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको फाईलहरुबाट एकसयको र २० को गरी एउटा फाईलबाट ७२० रुपैंया, एउटा फाईलबाट पाँचसयको नोट सहित ४ हजार दुईसय ३५ । दराजमाथि कागजले छोपेर राखेको १००० हजारको नोट बरामद गरेको छ । मालपोत कार्यालयका १३ जना कर्मचारीलाई पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनकान्त पौडेलको रोहबरमा मुचुल्कामा सहीछाप गरी छोडिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.