logo

नारायणी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने,दुई करोड रुपैया उपलब्ध गराउने साँसद श्रीवास्तवको प्रतिवद्धता

      10/18/2020 गते 00 00 मा प्रकाशित     869   पटक पढिएको

पर्साको क्षेत्र न. २ वटा निर्वाचित प्रतिनिधि सभाका सदस्य बिमल श्रीवास्तवले नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

 

प्लान्ट स्थापनाकालागि आफ्नो संसदीय विकास क्षेत्र कोषको रकमबाट २ करोड रुपैया बिनियोजन गर्ने उहाँले घोषणा गर्नु भएको हो । बीरगंजको कुम्हालटोल स्थित निवासमा आयोजीत  एउटा बैठकमा उहाँले यस्तो घोषणा गनुृ भएको हो ।

 

बैठकमा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, प्रदेश सभाका सदस्य भिमाकुमारी यादव, जसपाका नेता रामनरेश यादव, अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जयकुमार ठाकुर, नेपाल पत्रकार महासंघका सभापति श्याम बञ्जारा, सञ्चारकर्मी महेश दास, चन्दन मिश्रलगायतको सहभागिता रहेको थियो ।

 

 बैठकमा साँसद श्रीवासतवले नारायणी अस्पतालमा नयाँ र आधुनिक प्रविधियुक्त अक्सिजन प्लान्ट स्थपना गर्ने बताउनु भएको हो । 


 
अक्सिजन प्लान्ट स्थपना भए पश्चात अस्पताल सिलिण्डरको झनझटबाट मुक्त हुनेछ । सांसद् श्रीवास्तवले प्लान्ट निर्माणपछि प्रत्येक बेडमा पाइपको माध्यमले अक्सिजन पास हुने र आवश्यकता समाप्त भएपछि आफै बन्द हुने प्रबिधीयुक्त मेसिनपनि जडान गर्ने बताउनु भयो । 

 

प्लान्ट निर्माणको लागि आवश्यक पर्ने थप रकम वीरगञ्ज महानगरपालिकाले दिने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.