logo

भारतले सीमानाका खोलेपछि वीरगन्जको शंकार्याचार्य गेटमा तनाव 

      10/22/2020 गते 00 00 मा प्रकाशित     1193   पटक पढिएको

भारतले आजदेखि सीमा नाका खुला गरेपछि वीरगन्जको सीमानाकामा तनाव भएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भीडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको छ ।

भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने अझै कार्तिक २० गतेसम्मका लागि सीमा नाका बन्द छ । नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार कार्तिक २० गतेसम्म अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गरिएकोले उक्त समयावधिभर सीमानाकाबाट कसैलाई आवत जावत गर्न नदिईने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।

भारततर्फ सीमा नाका खुला भएपनि नेपालतर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीहरु तैनाथ गरिएको उहाँले बताउनुभयो । औपचारिक रुपमा कोही नेपाली नागरिक नेपाल आउन चाहेमा स्थानीय प्रशासनको अनुमति लिएर शंकाचार्यगेटको नाका भएर आउन सक्ने प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।

सरकारको निर्देशन बिना अहिले सीमा नाकाबाट आवतजावत गर्न नदिईने सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो । भारतको रक्सौलतर्फ नाका खुलेपछि ५०/६० जनाको संख्यामा नेपाल छिर्न लागेका भारतीयहरुलाई फर्काईदिएको जानकारी दिदै उहाँले नेपाल आउन चाहने नेपाली नागरिकहरुको हकमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार क्वारिन्टिनमा बस्ने गरी आउनलाई कुनै रोक नलगाईएको बताउनुभयो । उहाँले सीमामा थप सुरक्षा बल समेत पठाईएको जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.