logo

झडपमा घाइते भएका नेकपका स्थानीय नेता चौरसियाको निधन

      10/23/2020 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा ०७७ असोज ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका वडा नं १ बह’अर्वाभाठाका ३७ वर्षिय मुकेश चौरसियाको निधन भएको छ । झडपमा चौरसियाको टाउकोमा गम्भीर रुपले चोट लागेको थियो ।


वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका उनको असोज ७ गते बिहान मृत्यु भएका अस्पतालले जनाएका हो । 

चौरसियाको उपचारको क्रममा निधन भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनु भयो ।

उनको न्युरो अस्पतालमा अईसियूमा राखेर उपचार चलिरहेको थियो । टाउकोमा  बासको चिरपटोले हिर्काएको र त्यसको चोट गहिरो रहेको अस्पतालले जनायो । उनको टाउकोमा ठुलो चोट लागेर अत्याधिक रगत बगेको अस्पतालले जनाएको छ ।

नेकपाको एउटा पक्षले ६ असोजमा  गाउँपालिकाको वडा नम्बर ५ प्रसौनीभाठा गाउँपालिका कमिटीकोलागि शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको थियो । कमिटिको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफुलाई नासमेटिएको भन्दै विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका आठ जना व्यक्ति घाइते भएका थिए ।

प्रहरीले झडपमा रहेका केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ । चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार समेत थिए । चौरसिया पार्टीको जिल्ला कमिटीका  सदस्य तथा गाउँपालिका कमिटीका सचिव समेत हुन । यसैवीच नेकपाका नेता चीरन्जीवी आर्चायले घटना प्रति दुःख ब्यक्त गर्नु भएको छ । उहाँले घटनाका बारेमा निष्पक्षा छानवीन गरि दोषीलाई कानूनी दायरामा ल्याउन समेत स्थानीय प्रहरी प्रशासनसंग माग गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.