logo

चौरसियाको हत्या आरोपमा तिवारी पक्राउ

      11/2/2020 गते 00 00 मा प्रकाशित     875   पटक पढिएको

 नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेका मुख्य आरोपीमध्येका एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ माधवल निवासी ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारी रहेका छन् । तिवारी घटना भएको दिनदेखि फरार रहेका थिए ।

प्रहरीले तिवारीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वा गाउँमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै तिवारी पक्राउ परेको पुष्टि गरेको छ ।

कात्तिक ६ गते नेकपाले विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसौनीभाठामा आयोजना गरेको सपथग्रहण कार्यक्रममा पार्टीका दुई गुट बीच दोहोरो झडप हुँदा गम्भीर रुपले घाइते भएका मुकेश चौरसियाको मृत्यूसँगै तिवारी फरार भएका थिए ।

झडपमा तिवारी पनि घाइते भएका थिए । तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.