logo

चौरसिया हत्या प्रकरण नेकपाका केन्द्रीय नेता बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीलाई निर्देशन सहितको सिफारिश

      11/4/2020 गते 00 00 मा प्रकाशित     2769   पटक पढिएको

नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको छ ।  

 

पर्सा प्रहरीलाई जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले हत्या आरोपीहरुको बिषयमा अनुसन्धान तथा कारवाहीकोलागि निर्देशन सहितको सिफारिश गरेको हो ।

 

उनीहरुका बिरुद्ध गुडिया देवीले दिएको किटानी जाहेरीलाई पर्सा जिल्ला न्यायधिवक्ताको कार्यालयले  निर्देशनात्मक सिफारिश गरेको हो । 

 


यस अघी जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले कार्तिक १६ मा संबिधान सभाका सदस्य राजकुमार गुप्ता सहित १२ जना बिरुद्ध परेको किटानी जाहेरीमा पनि निर्दैशन सहितको सिफारिश गरेको छ ।जिल्ला न्यायधीवक्ताको कार्यालयले दुबै जाहेरीमा एउटै प्रकारको निर्देशनात्मक सिफारिश गरेको हो ।

 

 गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले निर्दैशनात्मक सिफारिश दिएपछि चौरसिया हत्याकाण्डमा नयाँ मोड आएको छ । 


नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी , पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसियाका नाम  हत्या ओारेपीको रुपमा जाहेरीमा उल्लेख गरिएको छ ।

 

त्यसैगरि बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव,होदा राउत गदी,महादेव चोहान,कलसरीफ राउत गदी,सभासद राउत गदी,सवादिन राउत गदी ,रुषत्तम राउत गदी,मोहन यादव,जितैनद्य् चौरसिया र समन साह बानिया बिरुद्ध किटानी जाहेरी परेको छ । 


जिल्ला न्यायधीवक्ताको कार्यालयले दिएको निर्देशन अनुसार अव पर्सा प्रहरीले चौरसिया हत्याकाण्डको बहुपक्षीय अनुसन्धान गर्ने भएको छ ।

 

यस अघि संबिधानन सभाका सदस्य राजकुमार गुप्तालाई हत्याराको रुपमा चित्रित गरेर मुद्धा दर्ताकालागि गरिएको जोडवलले जुन हैसियत प्राप्त गरेको थियो । आज त्यही हैसियत मुद्धा दर्ताकालागि सडकको मोर्चा सम्हालेका नेताहरुको पनि भएको  छ । 


प्रहरीले घटनास्थलमा उपलब्ध नेताहरुले कार्यकर्ताकोवीचको झगडा छोडाउने प्रयास किन गरेनन भन्ने प्रश्नबाट अनुसन्धान थाल्ने स्रोतले जनाएको छ । प्रहरीले अनुसन्धानकालागि किटानी जाहेरीमा उल्लेख ब्यक्तिहरुलाई गिरफ्तार गर्न सक्ने स्रोतको दावी छ ।

 

 घटनाको बिषयमा सार्वजनीक भएका भिडियोहरुमा देखिएको तथ्यका आधारमा अनुसन्धान शुरु गरिने एक प्रहरीले अधिकारीले बताएका छन ।

 

बासका  भाटाहरु कार्यक्रम स्थलमै किन ब्यवस्थापन गरिएको थियो ? यद्धी झगडा हुने पूर्व अनुमान थियो भने प्रहरीलाई खवर किन नगरिएको हो ? झगडा हुने अनुमान हुदा हुदै कार्यक्रम किन आयोजना गरिएको थियो भन्ने कुराको आधारमा अनुसन्धान हुन सक्ने एक कानुन ब्यवसायीले बताएका छन ।

 

कार्यक्रमको आयोजना गर्नेहरुको उद्धेश्य थाहा पाउन पनि अनुसन्धान हुने र त्यसले हत्याको चुरो कारण र त्यसमा संलग्नहरुको पहिचान प्रष्ट हुने ति कानून ब्यवसायीको भनाई छ । 


किटानी जाहेरी दिने गुडिया देवीले  उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्धेश्यले जाहेरीमा उल्लेख गरिएका प्रतिवादीहरुले आक्रमण गरेको दावी लिनु भएको छ । उहाँले घाइते भएका चौरसियाको मृत्यु भएको र अन्य घाइतेको उपचार भइरहेको भन्दै  कारवाहीको माँग गर्नु भएको हो । बिपक्षीहरुले घेराहाली आक्रमण गरेको उहाँको दावी छ । 


यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरेको छ । 

घटना कात्तिक ६ गतेको हो।  बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा नेकपाको गाउँ पालिका कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेको थियो।  जहाँ कार्यक्रममा आफूहरूलाई नबोलाइएको भन्दै एउटा पक्षले अर्को पक्षसंग प्रश्न गरेको थियो। 

 यो सिलसिला प्रश्न गर्नसम्म मात्रै केन्द्रित रहेन कि पछि भाटा समेत हानाहान भयो। जसले गर्दा मुकेश चौरसियाको ज्यान गयो। केही घाइते पनि भए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.